सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका सहकारीहरुको जागरण अभियान सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका सहकारीहरुको जागरण अभियान सुरु 

काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकासँग ’आधारशिला’ कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रम कार्यान्वय सम्झौता सँगै अब लिसंखु पाखर गापाका सहकारीहरुको जागरण र विकासको चरण सुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिकासँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको हो । 

गाउँपालिकको कार्यालयमा सोमबार, भाद्र २७ गते आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर बिष्ट र नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविन राज दाहालले आधारिशला कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठु देवी लामा, नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी, गाउँपालिकाका सहकारी शाखाका नायव सुब्बा दिप बहादुर अधिकारी लगायतको उपस्थिति थियो । 

आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको नयाँ कार्यक्रम हो । आधारशिला कार्यक्रमको लोकप्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । स्थानीय तहहरु पनि नेफ्स्कूनले सञ्चालन गरेको यो कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका लागि क्रियाशिल देखिएका छन् ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

७ दिन अगाडि

पाठकबाट थप