जिल्लाकै पुरानो सहकारीको रुपमा सुपरिचित जनसेवा साकोस उत्कृष्टतातर्फ लम्कँदै  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्लाकै पुरानो सहकारीको रुपमा सुपरिचित जनसेवा साकोस उत्कृष्टतातर्फ लम्कँदै  

प्रेमसागर अधिकारी
कास्की । पोखरा महानगरपालिकाको उत्तरी क्षेत्र मुल बजार देखी करिव १६ किलोमिटर उत्तर माछापुछ्रे हिमश्रृंङखलाको काखमा अवस्थित तत्कालीन पुरुन्चौर गा.वि.स.लाई कार्यक्षेत्र बनाई सञ्चालनरत जनसेवा बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभा भाद्र २५ गते, शनिवार सम्पन्न भएको छ । 

२०५० भाद्र २१ गते कास्की जिल्लामानै २ नं दर्ता भएको जनसेवा साकोसले  ६८ जना सेयर सदस्यहरुबाट ६ हजार ८ सय रुपैंया पुुँजी संकलन गरी सदस्यहररुमाझ वित्तीय सेवाको सुरुवात गरेको थियो ।   

सानो पुँजीबाट साँघुरो कार्यक्षेत्र भित्र रहेर कार्यक्षेत्र भित्रका ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सेवा दिई रहेको जनसेवा साकोसको हाल को बासलात २९ करोड ६० लाख रहेको छ । १ हजार ९ सय ६४ जना शेयर सदस्य रहेको जनसेवा साकोसको कुल शेयर पुँजी ३ करोड, बचत निक्षेप २३ करोड, ऋण २४ करोड र संस्थाको जगेडा कोष १ करोड ८५ लाख रहेको छ । 

नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा अभ्यासरत रहेको छ । मुख्यबजार बाट १६ किलोमिटर पर ग्रामिण क्षेत्रमा संस्थाको कार्यालय रहेकोमा संथाले गत साधारणसभाबाट कार्यक्षेत्र विस्तार गरी मुख्य पोखरा बजारका सदस्यहरुलाई सेवा दिने उद्देश्यले हाल बगर १ पोखरामा १ सेवा केन्द्रको स्वीकृती लिई सञ्चालनको आवश्यक तयारी गरिरहेको छ । यहि दशैको घटस्थापना देखि पोखरा सेवाकेन्द्र मार्फत कारोवार सुरु गर्ने तयारी संस्थाको रहेको छ । 

सहकारी ऐन र नियमावलीको पालन गर्दै समुदायमा आधारित स्थानीय स्तरमा सञ्चालित यस जनसेवाले आ.ब ०७८/०७९ को मुनाफा बाट १२ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा ३ दशमलव ७२ र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ४ दशमलव ५२ प्रतिशतको दरले सदस्यलाई लाभांश पारित गरेको छ । 

३० औं साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक कमला देवी गिरीले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तिय संस्थाको पहुँचबाट टाडा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र सुरक्षित तवरबाट सञ्चालन भएको कुरा राख्नु भएको थियो । 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चेतनाथ गौतमले गर्नूभएको थियो भने कार्यक्रम सञ्चालन सचिव दान बहादुर भुजेलले गर्नु भएको थियो । 

उक्त अवसरमा संस्थाले आ.ब. ०७८/०७९ मा तपशिल बमोजिमको विधामा उत्कृष्टता हासिल गर्नै सदस्यहरुलाई सम्मान गरेको थियो । 

१) जेष्ठ सदस्य सम्मान
२) पुर्व अध्यक्ष हरु मध्येबाट ७० बर्ष उमेर पुरा हुनु भएका अध्यक्षहरु
३) एस.ई.ई. सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोरा छोरीहरु 
४) बर्षको उत्कृष्ट कारोबारकर्ता 
५) उत्कृष्ट सुझाव कर्ता
६) उत्कृष्ट बाल बचत कर्ता
७) बर्षको उत्कृष्ट बचत कर्ता
८) बर्षको सर्बाेत्कृष्ट सदस्य 
९) उ त्कृष्ट शेयर खरिद कर्ता

लगायतका विधामा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई संस्थाले पुरस्कार स्वरुप संस्थाको शेयर प्रदान गरेको थियो  । 

आगामी कार्यक्रमहरुः

१) कार्यक्षेत्र विस्तार र माछापुछ्रे गाउँपालिकामा कार्य क्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालन 
२) कृषक सँग जनसेवा कार्यक्रम सञ्चालन ।
३) वित्तीय साक्षरता कार्यक्रम 
४) ३० बर्ष भन्दा कम उमेर समुहका सदस्य विस्तारमा जोड
५) व्यावसायिक कृषि, पशुपालन र मासु जन्य उत्पादनका लागि ऋण लगानीमा ब्याजदरमा विशेष छुट । 
६) लघु ऋणको विमा कार्यक्रम जस्ता कार्यक्रमहरु चालु आ.व.मा साकोसले अगाडि सारेको छ । 

लेखक जनसेवा साकोसका व्यवस्थापक हुनुहुन्छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप