दाङमा ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन

दाङ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नेफ्स्कून दाङ फिल्ड कार्यालयको आयोजनामा आज, भाद्र २८ गते सञ्चालन गरिएको एक दिवसीय उक्त तालिममा तिनवटै प्रदेशमा सञ्चालनमा रहेका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कून दाङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीको अध्यक्षता, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.को प्रमुख आतिथ्यता र जिल्ला बचत संघ दाङका सचिव बिमल अधिकारीको आतिथ्यता सहित तालिमसत्रको सुभारम्भ भएको थियो । 

प्रमुख अतिथि डि.सीले सहकारी क्षेत्रका समसामयिक विषयवस्तुहरुबारे चर्चा गर्दै सुशासित र सुदृढ सहकारी अभियान निर्माणका लागि राज्यको नियमन प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिका भित्रका सहकारीहरुमा सुशासन कायम गर्ने सवालमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा घोराही उपमहानगरपालिका सकारीको विकास र सुदृढीकरणका लागि नेफ्स्कूनसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बचतबद्धता व्यक्त गर्नुभयो । 

दाङ जिल्ला बचत संघका सचिव बिमल अधिकारीले सहकारीमा ऋण असुली तथा धितो लिलामको कानुनी प्रकृया सम्बन्धी तालिम अत्यन्त महत्वपूण तालिम रहेको हुँदा तालिमबाट पर्याप्त ज्ञान लिन र व्यवहारमा कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । 

फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीले नेफ्स्कूनले सञ्चालन गर्ने तालिम गुणस्तरीय, समयसान्दर्भिक र महत्वपूर्ण रहने हुँदा तालिमबाट पर्याप्त लाभ लिएर साकोस सञ्चालनलाई चुस्त दुरुस्त राख्नसकिनेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा सदस्य सेवा बिभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज बिष्णुदत्त जोशीले र कार्यक्रमको ब्यवस्थापन फिल्ड कार्यालय सहायक प्रकाश लुहार र दिनेश महराले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप