जिल्ला बचत संघ रुपन्देहीद्वारा सहकारीहरुका लागि सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ रुपन्देहीद्वारा सहकारीहरुका लागि सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण 

बुटवल, भाद्र २८ ।
रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. रुपन्देहीको आयोजनामा १ दिने “सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धमा भएका प्रचलित ऐन नियम तथा सहकारी संस्थाहरुले पुरा गर्नु पर्ने कानुनी दायित्वका बारेमा जिल्लाका सहकारी संस्थाका प्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।

रुपन्देही बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी तथा ब्यवस्थापकहरु गरि ८४ जना सहभागी भएका थिए । 

तालिमको शुरुवातमा संघका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक भरतराज भूसालको अध्यक्षतामा संक्षिप्त उद्घाटन कार्यक्रम सम्पन्न भयो । संयोजक भूसालले सहकारीमा जनशक्ति विकासमा हुने खर्चलाई संस्थाले लगानीको रुपमा लिनु पर्ने र जनशक्ति विकासमा यथेष्ट ध्यान दिन अनुरोध गर्नु भयो । सञ्चालकहरु ब्यवस्थापक बन्ने र ब्यवस्थापकहरुलाई लेखापाल बनाएका संस्थाहरुमा संकट आएको बताउदै भूसालले ब्यवस्थापकहरुलाई सहि अर्थमा ब्यवस्थापक बनाउन उनिहरुको क्षमता विकास गर्न र संस्थामा लिखित विधि र कानूनको निशर्त परिपालनामा सबैलाई अपिल गर्नु भएको थियो । 

संघका अध्यक्ष प्रकास भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले नीति, विधि र प्रविधि विना अव साकोस अभियान अगाडि नबढ्ने कुरा बताउनु भयो । उपाध्यक्ष कृष्ण चौहान क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । संघका सञ्चालक रामप्रसाद आचार्य, नेफ्स्कून बुटवलका प्रमुख छत्रप्रसाद धमला र राष्ट्रिय सहकारी बैंक बुटवलका प्रबन्धक नारायण बेल्वासेले तालिमको सफलताको श्ुभकामना दिनुभएको थियो । 
विभिन्न तलिमहरुले ग्रामिण क्षेत्रमा रहेका कम पुँजीका सहकारीहरुका लागि पनि सिकाइको अवसर दिएको हौसला बचत तथा ऋण सहकारी संस्था लि.का मथुरा भण्डारीको भनाई रहेको थियो ।

उक्त अभिमुखीकरण तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका ब्यवस्थापक तथा नेफ्स्कून सँगको साझेदारी कार्यक्रमका फोकल पर्सन सर्मिला भट्टराई गौतमले गर्नु भएको थियो ।

 रुपन्देही बचत तथा ऋण सहकारी संघले यस अगाडि पनि नतिजामुखी र आवश्यकताका आधारमा विभिन्न तालिम दिने तथा सदस्य संस्थाको नीति तथा कार्यविधि बनाउने कार्यमा सहयोग गर्दै आइरहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप