‘सहकारीले सदस्यको जीवनस्तर उकास्न प्रोत्साहन गर्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीले सदस्यको जीवनस्तर उकास्न प्रोत्साहन गर्नुपर्छ’

काठमाडौं । चावहिलमा रहेको कम्पास बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सभाको समुद्घाटन भएको थियो । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्नसक्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाको मुख्य ध्येय नै सदस्य समृद्धि रहेकोले सदस्यको विकास र उन्नतिका लागि वित्तीय लगानी बढाउन र उद्यमशीलता तथा व्यवसायमा प्रोत्साहन गर्नुुपर्नेमा जोड दिनुभयो । अब सहकारीले आफूलाई सुधार गर्दै गुणात्मक विकासमा जोड दिन र आफ्ना सदस्यहरुको पेन्सन बचत सुरुवात गर्नसमेत उहाँले आग्रह गर्नुभयो । 

साधारणसभामा साकोसका अध्यक्ष चन्द्र बहादुर गुरुङ, सचिव दिपेन्द्र गुरुङ, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिले आआफ्ना प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो । हाल २ हजार १ सय ४० शेयर सदस्य र ३ सय बालबचतकर्ता रहेको साकोसको कुल वासलात रु. १३ करोड ७० लाख रहेको जनाएको छ । रु. ९ करोड ६५ लाख ५७ हजार बचत र रु. ११ करोड ७५ लाख ऋण लगानी गरेको साकोसले कुल २२ लाख ५६ हजार नाफा गरेको साकोसकी व्यवस्थापक तारा गुरुङले जानकारी गराउनुभयो । साकोसले शेयर सदस्यहरुका लागि ७ प्रतिशत शेयर लाभांश प्रदान गरिने जनाएको छ ।

सञ्चालक समिति चयन

साधारणसभाले दिपेन्द्र गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गोपाल गुरुङ, सचिव चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष रुकु गुरुङ, सञ्चलक समिति सदस्यहरुमा मुना गुरुङ, माया तामाङ, पाशाङ लामा निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा पूर्ण बहादुर गुरुङ, सदस्यहरुमा नारायण गुरुङ र मानकुमारी गुरुङ निर्वाचित हुनुभएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप