अ‍ैंचो पैंचो साकोसको बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः दयाराम प्रजापति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अ‍ैंचो पैंचो साकोसको बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः दयाराम प्रजापति

काठमाडौं । कालिमाटीमा रहेको अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि. को ३४ बार्षिक उत्सव तथा २९औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष दयाराम प्रजापतीको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा साधारणसभाको समुद्घाटन भएको थियो । 

प्रमुख अतिथि अध्यक्ष पौड्यालले वर्तमान अवस्थामा डिजिटल प्रविधिको प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितको क्षेत्रमा संस्थाले कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी क्षेत्रको दिगो विकास र सुदृढीकरणका लागि प्रविधि प्रयोग औतित्यतामाथि प्रकाश पार्दै नेफ्स्कूनद्वारा प्रवद्र्धित एकीकृत प्रविधि विकासमा जोडिन अनुरोध गर्नुभएको थियो । 

अध्यक्ष दयाराम प्रजापतिले वर्तमान आर्थिक संकटको समयमा सहकारीहरुले सिस्टम र सदस्य हितको क्षेत्रमा काम गरेमात्र दिगो रुपमा सञ्चालन हुनसक्ने कुरालाई मनन गर्दै संस्थालाई अगाडि बढाएको बताउनुभयो । उहाँले प्रविधि प्रयोग अव अपरिहार्य रहेको भन्दै छिट्टै साकोसले सदस्यहरुमाझ एटिएम सेवा सञ्चालनमा ल्याउन लागेको समेत जानकारी गराउनुभयो । 

सभामा साकोसका अध्यक्ष प्रजापति, सचिव इन्दिरा कुमारी पोखरेल, कोषाध्यक्ष युवलाल प्रसाद पौडेल र लेखा सुपरिवेक्षण समितिका संयोजक राजेन्द्र देवकोटाले क्रमशः बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कूल २ हजार ७ सय शेयर सदस्य र ५ सय बालबचत कर्ता आबद्ध साकोसको कुल वासलात ५५ करोड रुपैंयाको रहेको जनाएको छ । रु. ३७ करोड बचत, रु. ३२ करोड ऋण लगानी रहेको साकोको ९ प्रतिशत जगेडा कोष रहेको छ । शेयर सदस्यहरुलाई १४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको साकोसले गत बर्षको कुल नाफा करिब २ करोड रहेको जनाएको छ । 
कार्यक्रमको सहजीकरण संस्थाका शिक्षा उपसमितिका सदस्य शालिकराम कालाथोकीले गर्नुभएको थियो । 

कार्यक्रममा उत्कृष्ठ नियमित बचतकर्ता सदस्य, उत्कृष्ठ ऋणी सदस्य, जेष्ठ नागरिक सदस्य, सबै भन्दा धेरै सदस्य बनाउने सदस्य, एस. ई.ई. उतिर्ण बालबचतकर्ता र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो । 

सञ्चालक समिति निर्वाचन

अ‍ैंचो पैंचो साकोसको २९औं बार्षिक साधारणसभाले पुनः दयाराम प्रजापतिको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । सञ्चालक समितिका पदाधिकारीहरु, सञ्चालकहरु र लेखा सुवपरिवेक्षण समितिका सदस्यहरु पनि पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । लेखा सुपरिवेक्षण समितिको एक सदस्य भने नवनियुक्त हुनुहुन्छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप