नेफ्स्कूनद्वारा लेटाङमा उद्यमशिलता विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा लेटाङमा उद्यमशिलता विकास तालिम सञ्चालन 

काठमाडौं । मोरङको लेटाङमा आजबाट उद्यमशिलता विकास तालिम सुरु भएको छ । प्रदेश नं. १, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्य र नेफ्स्कूनको आयोजनामा सञ्चालित तालिम कृषि विकास बैकको प्रादेशिक तालिम केन्द्र, लेटाङमा सुरु भएको हो । 

तालिममा झापा र मोरङका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको छ । तालिम मंसिर १६ गतेसम्म चल्नेछ ।  प्रदेश नं. १ अन्तर्गत नेफ्स्कूनका सदस्य साकोसका उद्यमी सदस्यहरुलाई लक्षित गरि ३ समूहमा आयोजना हुन गईरहेको पाँच दिवसीय तालिम आइतबार देखि सुरु भएको हो । आइतबारबाट तरहरामा र सोमबारबाट लेटाङमा तालिमको सञ्चालन भइरहेको छ । 

उद्यमशिलता विकास उप समिति सदस्य एकराज निरौलाको अध्यक्षता र नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको प्रमुखत्वमा तालिमको शुभारम्भ भएको थियो ।

नेफ्स्कूनकी सञ्चालक नेपालले सहकारी मार्फत उद्यमशीलता तथा व्यवसायको विकास गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय स्तरमा उपलब्ध, स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोग साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न नेफ्स्कूनले निरन्तर सहजीकरण गरिरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा सुनसरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य हेरम्बराज भट्टराई,  प्रादेशिक तालिम केन्द्र प्रमुख गोपाल प्रसाद लामिछाने र नेफ्स्कून कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रादेशिक तालिम केन्द्र प्रमुख लामिछानेले कृषि विकासले गर्नुपर्ने काम नेफ्स्कूनले गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले सहभागीहरुलाई तालिममा सिकेका विषयहरु कार्यान्वयमा ल्याउन सकेमात्रै तालिमको सार्थकता रहने भन्दै उद्यमी बन्न उद्यमशिलता विकास तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिम पश्चात उद्यमी बन्न आवश्यक वित्तिय स्रोतका लागि कृषि विकास बैक सहुलियत ऋण सुविधा प्रदान गर्न तयार रहेको बताउनुभयो । 

उद्यमशिलता विकास उप समिति सदस्य एकराज निरौलाले नेपालमा उद्यमशिलतामा जोडिने पर्याप्त सम्भावनाहरु बारे जानकारी गराउँदै सहकारी अभियानले उद्यमशिलता विकासका लागि सहजीकरणका काम गरिरहेको बताउनुभयो । 

कार्यक्रम सञ्चालन नेफ्स्कून लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र  अनुगमन अधिकृत रीता सूवेदीले गर्नुभएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप