नेफ्स्कूनको प्रदेशस्तरीय बिस्तारित मञ्च सञ्चालन, ३१औं बार्षिक साधारणसभा पौष ८ गते हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको प्रदेशस्तरीय बिस्तारित मञ्च सञ्चालन, ३१औं बार्षिक साधारणसभा पौष ८ गते  हुने

काठमाडौं । नेफ्स्कूनको पौष ८ गते हुने आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा आजबाट प्रदेशस्तरीय बिस्तारित मञ्च सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा, कर्णाली प्रदेशको सुर्खेतमा, प्रदेश नंं. १ अन्तर्गत मोरङ र गण्डकी प्रदेश अन्तर्गत कास्कीमा आज विस्तारित मञ्चका कार्यक्रम सम्पन्न भएका छन् । 

प्रभावकारी सञ्जाल र जिम्मेवार सदस्यका लागि आयोजना गरिएका विस्तारित मञ्चका कार्यक्रमले सदस्यहरुको सार्थक, विश्वसनीय, निर्णायक र सहभागितामूलक प्रतिनिधिहरु चयनको उद्देश्य राखेको संघले जनाएको छ । 

गण्डकी प्रदेश कास्कीमा आयोजित विस्तारित मञ्चको कार्यक्रम नेफ्स्कूनका सञ्चालक एवं पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डीप्रसाद शर्मा पौड्यालको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुखत्वमा उद्घाटन भएको थियो । स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले गर्नुभएको थियो ।  

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहकारीका समसामयिक विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सहकारी विभाग र अन्य स्थानीय निकायका नियमक निकायका प्रतिनिधिहरु, सरोकारवा व्यक्तिहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र आबद्ध संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले सहकारीको सिद्धान्त र धरातल फरक रहेको हुँदा सहकारीलाई व्यवहारिकतामा लैजान वृहत छलफल आवश्यक रहेकोमा जोड दिएका थिए । आर्थिक मन्दीको समयमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्राप्त सहकारी संस्थाहरु पनि समस्यामा देखिएको हुँदा सहकारीको सन्दर्भ व्याजदरको विषय मुख्य जिम्मेवार रहेको र यसको स्थायी समाधान खोजिनुपर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रमका स्थिरीकरण कोषको प्रभावकारीता, स्तरीकरण कार्यक्रम विस्तार, सञ्जाल व्यवस्थापन, प्रविधि विकास र कार्यान्वयन, साकोस एकरुपता प्रणाली विकास, सुदृढ र सुशासित साकोस निर्माणका लागि नियामक निकाय विभागसँगको सुदृढ समन्वय, सहकारी सहकारीबीच पारस्परिक सम्बन्ध विकास, सरल र पहँुचयोग्य तालिम सुविधा आवश्यकताका विषयमा सहभागीहरुले आ आफ्ना विचार तथा सुझावहरु प्रस्तुत गरेका थिए । 

सहकारी एकीकरणमा जोड दिन महानगरपालिकाले फोर्स मर्जरको अभियान सुरु गर्नुपर्ने सुझाव सहभागीहरुले राखेका थिए । 

सहभागीहरुको जिज्ञासा र सकारात्मक सुझावहरु ग्रहण गर्दै संघका कोषाध्यक्ष पनेरुले विस्तारित मञ्चबाट प्राप्त निचोड साधारणसभामा छलफलका लागि लगिने प्रमुख उद्देश्य कार्यक्रमको रहेको स्पष्ट पार्नुभएको थियो । 

उहाँले गण्डकी प्रदेश भित्र नेफ्स्कूनले प्रवाह गरिरहेकोे सेवा, कमी कमजोरी तथा सबल पक्षहरुमा सदस्यहरुले खुलेर छलफल गर्ने र आगामी दिनहरुमा आपसी सहकार्यको माध्यमबाट सबल र सुदृढ साकोस अभियान निर्माणमा योगदान गर्न अनुरोध गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप