नवलपुरमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्ककन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुरमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्ककन तालिम सञ्चालन

नवलपुर । नेफ्स्कूनको आयोजनामा गैँडाकोटमा ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्ककन तालिम सम्पन्न भएको छ  । नेफ्स्कूनका सञ्चालक सदस्य एवं चितवन फिल्ड व्यवस्थापन उप–समिति सदस्य विद्या कोइरालाको अध्यक्षतामा आज आयोजित तालिममा २२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २८ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभाध्यक्ष कोइरालाले वर्तमान अवस्थामा सहकारी क्षेत्रले भोगिरहेको चुनौतिको बारेमा जानकारी गराउँदै त्यसबाट संस्थालाई जिवन्त राख्नको लागि सञ्चालक तथा व्यवस्थापन सजग रहि आवश्यक  निर्णयहरु नितिसंगत तरिकाले लिनुपर्नेमा जोड दिनुभएको थियो । विद्यमान बजारमा तरलता संकट को समस्या सिर्जना भईरहेकोले यस बाट संस्थालाई बचाई राख्न प्राथमिकताका आधारमा स सानो ऋण लगानीमात्र प्रवाह गर्न अनुरोध गर्नुभएको थियो । वित्तीय संस्थाको मेरुदण्ड भनेको ऋण लगानी हुनेहुँदा संस्थाले ऋण लगानी गर्दा आवश्यक प्रकृया पुर्याई संस्था पूर्ण रुपमा सुरक्षित रहने सुनिश्चित गर्नुपर्ने भनाई राख्नुभएको थियो । 

तालिमको सहजिकरण तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका ईन्चार्ज रिसभ राज रेग्मीले गर्नुभएको थियो ।

सहजकर्ता रविन्द्र श्रेष्ठले ऋणसँग सम्बन्धित विभिन्न शब्दावलीहरुकोे छोटो जानकारी गराउँदै ऋण लगानी गर्दा कर्मचारीले विविध पक्षहरुलाई सुस्म रुपमा अध्ययन गरी संस्था सुरक्षित रहने वातावरण सिर्जना गर्नुपर्नेमा स्पष्ट पार्नुभयो । ऋण लगानी, भाखा नाघ्नुका कारण तथा ऋण उप–समिति तथा ऋण अधिकृतको काम कर्तव्य र अधिकार, ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्कनको प्रतिवेदन तयारी  बारेमा समुहगत रुपमा प्रस्तुत गरिएको थियो ।

त्यसैगरी ऋणका आधारभूत सिद्धान्तहरु, ऋणको बर्गीकरण, ऋण परामर्श चक्र, ऋण लगानी प्रकृया आदिको बारेमा विस्तृत प्रस्तुतिकरण गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप