नेफ्स्कूनको आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा आजबाट प्रदेशस्तरीय बिस्तारित मञ्च सुरु, चार वटा प्रदेशमा आज कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा आजबाट प्रदेशस्तरीय बिस्तारित मञ्च सुरु, चार वटा प्रदेशमा आज कार्यक्रम हुँदै

काठमाडौं । नेफ्स्कूनको आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा आजबाट प्रदेशस्तरीय बिस्तारित मञ्च सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा, कर्णाली प्रदेशको सुर्खेतमा, प्रदेश नंं. १ अन्तर्गत मोरङ र गण्डकी प्रदेश अन्तर्गत कास्कीमा विस्तारित मञ्चको कार्यक्रम सञ्चालन भइरहेका छन् । 

सदस्यहरुको निर्णायक सभालाई सार्थक, विश्वसनीय र सहभागितामूलक बनाउने उद्देश्यसहित प्रभावकारी सञ्जाल र जिम्मेवार सदस्यका लागि विस्तारित मञ्च कार्यक्रम सञ्चालन भएको हो । 

प्रदेश नं. १ को मोरङमा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, सञ्चालक सदस्य गोमा नेपाल र घनश्याम अधिकारी सहित फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु र संघमा आबद्ध बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको छ ।

गण्डकी प्रदेश कास्कीमा आयोजित विस्तारित मञ्चमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक चण्डी शर्मा पौड्याल, कमलादेवी गिरी, संघका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल लगायत सरोकारवाला निकायका पदाधिकारी, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र आबद्ध संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी, सञ्चालक सदस्य यज्ञप्रसाद ढकाल, संघका सहायक कार्यकारी अधिकृत एव् प्रशासन तथा वित्त व्यवस्थापन प्रमुख राधेश्याम श्रेष्ठ, सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको उपस्थिति रहेको छ ।  

त्यसैगरी सुदूरपश्चिमको कञ्चनपुरमा आयोजित कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक माधव प्रसाद जोशी, बरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपाने, प्रदेश अन्तर्गत रहेका फिल्ड कार्यालयका व्यवस्थापन  उपसमिति सदस्यहरु सहित आबद्ध सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप