चितवनमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तालिम सञ्चालन

काठमाडौं । चितवनको सौराहामा एक दिवसीय ऋण सदुपयोगिता अनुगमन तथा मूल्यांकन तालिम सञ्चालन भएको छ । नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा सञ्चालित तालिम होटल पार्क भ्यू सौराहामा सुरु भएको हो । तालिममा पूर्वी चितवनका विभिन्न बचत तथा ऋण सहकारीबाट १४ जना महिला र १६ जना पुरुष गरि जम्मा ३० व्यवस्थापक र ऋण अधिकृतहरुको सहभागिता थियो । नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो । 

सञ्चालक कोइरालाले सहकारी मार्फत उद्यमशीलता र व्यवसायको विकास गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, पुँजी तथा प्रविधिको उपयोग साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न नेफ्स्कूनले निरन्तर सहजीकरण गरिरिहेको स्पष्ट पार्नुभयोे । तालिमबाट सिकेको कुुरालाई आफ्नो संस्था विकासमा योगदान दिन उहाँले अनुरोध गर्नुभयो ।

तालिमको सहजीकरण नेफ्स्कूूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभ राज रेग्मीले गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप