नेफ्स्कूनको आयोजनामा कास्कीमा सहकारीका सरोकारवालाहरूसँग अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा कास्कीमा सहकारीका सरोकारवालाहरूसँग अन्तरक्रिया 

काठमाडौं । नेफ्स्कूनले कास्की जिल्लाका सहकारीका सरोकारवाला निकायसँग मंसिर १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौड्यालको अध्यक्षता, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु र गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार रमेश घर्तिको प्रमुखत्वमा कार्यक्रम समुद्घाटन भएको थियो । 

अन्तरक्रियाका क्रममा सिएमसी कास्कीका निवर्तमान अध्यक्ष डम्बर कार्कीले सहकारी संरक्षणका लागि बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा सम्पूर्ण सहकारीहरुको योगदान ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सिएमसी कास्कीका अध्यक्ष अपिल कोईरालाले संस्था प्रबद्र्धन कोषको रकम सहकारी मातहत ल्याउन पहल गर्नुपर्यो, एन एफ आर एस अनुसार अडिट गर्ने अडिटर तथा दक्ष जनशक्ति तयार गर्न भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।  

नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् पोखरा रोयल बचत तथा अण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले सहकारी सञ्चालनका क्रममा सदस्यका सेवा सुविधालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँले ऐन, नियम, कानुन कार्यान्वयन र सुशासनमा जोड दिनुपर्ने, सदस्यहरुमा प्रिमियम, सेवा शुल्क विभेद, व्याजदरमा विभेद लगायतका कामहरु बन्द गर्नुपर्ने बताउनुभयो । सञ्चालक समिति र व्यवस्थापन कर्मचारीको मिलेमतोमा मनलाग्दी ऋण परिचालन गरेका कारण सहकारी क्षेत्रमा समस्या सृजना भएको वास्तविकता उहाँले औल्याउनुभयो । 

सरोकारवालाहरुबाट उठेका विषयहरुलाई सम्बोधन गर्दै रजिष्ट्रार रमेश घर्तिले नेफ्स्कून र जिल्ला सहकारी संघ, जिल्ला बचत संघको समन्वयमा सहकारीका विद्यमान समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीको अनुगमन गरी आवश्यक कारबाहीको प्रक्रिया समेत सुरु गरिसकिएको स्पष्ट पार्नुभयो । 

नेफस्कूनका कोषाध्यक्ष दिपक पनेरुले अन्तरक्रियाका क्रममा उठेका महत्वपूर्ण विषयहरुबाट अत्यन्त सकारात्मक सुझावहरु प्राप्त भएको र समस्या समाधानका उपायहरु समेत पृष्ठपोषणका रुपमा आएकोले नेफ्स्कूनले सहकारी विभागसँग समन्वय गरी अभियानको हित हुने गरी कार्य गर्न नेफ्स्कून तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका सञ्चालक एव् फिल्ड कार्यालय संयोजक चण्डी शर्मा पौड्यालले सहकारीका समस्या समाधान गर्न र सुशासित सुदृढ सहकारी निर्माणमा अभियान र नियामक निकायबीचको हातेमालो बाट सफलतामा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वागत  मन्तव्य नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेबी गिरीले गर्नुभएको थियो ।
सहकारीका समसामयिक विषयमा प्रस्तुतिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सहकारी विभागका अधिकृत चोलाकान्त वाग्ले, पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरत पौड्याल, जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइराला, जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल, कास्की जिल्ला बचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, कोषाध्यक्ष शेरबहादुर कार्की, सीएमसी कास्कीका अध्यक्ष अपिल कोईराला, पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः   विद्या श्रेष्ठ, निरज थापा, रुद्र कुमारी गुरुङ, रामजी सुवेदी, धुब्रराज चालिसे, सहकारी महानगर समिति सदस्य रविरमण अधिकारी र नारायण आचार्य सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप