नेफ्स्कूनको आयोजनामा कास्कीमा सहकारीका सरोकारवालाहरूसँग अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा कास्कीमा सहकारीका सरोकारवालाहरूसँग अन्तरक्रिया 

काठमाडौं । नेफ्स्कूनले कास्की जिल्लाका सहकारीका सरोकारवाला निकायसँग मंसिर १५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौड्यालको अध्यक्षता, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु र गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार रमेश घर्तिको प्रमुखत्वमा कार्यक्रम समुद्घाटन भएको थियो । 

अन्तरक्रियाका क्रममा सिएमसी कास्कीका निवर्तमान अध्यक्ष डम्बर कार्कीले सहकारी संरक्षणका लागि बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा सम्पूर्ण सहकारीहरुको योगदान ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सिएमसी कास्कीका अध्यक्ष अपिल कोईरालाले संस्था प्रबद्र्धन कोषको रकम सहकारी मातहत ल्याउन पहल गर्नुपर्यो, एन एफ आर एस अनुसार अडिट गर्ने अडिटर तथा दक्ष जनशक्ति तयार गर्न भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।  

नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् पोखरा रोयल बचत तथा अण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले सहकारी सञ्चालनका क्रममा सदस्यका सेवा सुविधालाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । उहाँले ऐन, नियम, कानुन कार्यान्वयन र सुशासनमा जोड दिनुपर्ने, सदस्यहरुमा प्रिमियम, सेवा शुल्क विभेद, व्याजदरमा विभेद लगायतका कामहरु बन्द गर्नुपर्ने बताउनुभयो । सञ्चालक समिति र व्यवस्थापन कर्मचारीको मिलेमतोमा मनलाग्दी ऋण परिचालन गरेका कारण सहकारी क्षेत्रमा समस्या सृजना भएको वास्तविकता उहाँले औल्याउनुभयो । 

सरोकारवालाहरुबाट उठेका विषयहरुलाई सम्बोधन गर्दै रजिष्ट्रार रमेश घर्तिले नेफ्स्कून र जिल्ला सहकारी संघ, जिल्ला बचत संघको समन्वयमा सहकारीका विद्यमान समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीको अनुगमन गरी आवश्यक कारबाहीको प्रक्रिया समेत सुरु गरिसकिएको स्पष्ट पार्नुभयो । 

नेफस्कूनका कोषाध्यक्ष दिपक पनेरुले अन्तरक्रियाका क्रममा उठेका महत्वपूर्ण विषयहरुबाट अत्यन्त सकारात्मक सुझावहरु प्राप्त भएको र समस्या समाधानका उपायहरु समेत पृष्ठपोषणका रुपमा आएकोले नेफ्स्कूनले सहकारी विभागसँग समन्वय गरी अभियानको हित हुने गरी कार्य गर्न नेफ्स्कून तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका सञ्चालक एव् फिल्ड कार्यालय संयोजक चण्डी शर्मा पौड्यालले सहकारीका समस्या समाधान गर्न र सुशासित सुदृढ सहकारी निर्माणमा अभियान र नियामक निकायबीचको हातेमालो बाट सफलतामा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वागत  मन्तव्य नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेबी गिरीले गर्नुभएको थियो ।
सहकारीका समसामयिक विषयमा प्रस्तुतिकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सहकारी विभागका अधिकृत चोलाकान्त वाग्ले, पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरत पौड्याल, जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइराला, जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बराल, कास्की जिल्ला बचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, कोषाध्यक्ष शेरबहादुर कार्की, सीएमसी कास्कीका अध्यक्ष अपिल कोईराला, पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः   विद्या श्रेष्ठ, निरज थापा, रुद्र कुमारी गुरुङ, रामजी सुवेदी, धुब्रराज चालिसे, सहकारी महानगर समिति सदस्य रविरमण अधिकारी र नारायण आचार्य सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप