सुदूरपश्चिम प्रदेशका सहकारी सरोकारवालाहरुसँग अन्तरक्रिया, आज विस्तारित मञ्च हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिम प्रदेशका सहकारी सरोकारवालाहरुसँग अन्तरक्रिया, आज विस्तारित मञ्च हुँदै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सुदूरपश्चिम प्रदेशका सहकारी सरोकारवालाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया गरेको छ । नेफ्स्कूनको आसन्न ३१औं वार्षिक साधारणसभाको अवसरमा मंसिर १५ गते सरोकारवालाहरुको राय सुझाव संकलन साथै सहकारी क्षेत्रको उपयुक्त मार्गदर्शन निर्माणका लागि अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य माधव जोशीको अध्यक्षता, नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यता सहित प्रदेश स्वरोजगार कोषमा कार्यकारी निर्देशक चुडापणी तिमिल्सेना, गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशी, सुदूरपश्चिम प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रतिनिधि देवराज पन्तको विशिष्ट आतिथ्यता रहेको थियो । 

प्रमुख अथिति नवराज सापकोटाले सहकारी संस्थाले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिनुपर्ने बताउनुभयो । सहकारी विभाग, सहकारीका शीर्ष संघ र केन्द्रीय संघले समय समयमा जारी गरेका मार्गनिर्देशनहरुको पालना गर्दै सुशासित सहकारी सञ्चालनका लागि सञ्चालक समिति, लेखा सुपरिवक्षण समिति र कर्मचारी प्रतिबद्ध भएर काम गर्नुपर्नेमा उहाँको जोड थियो । 
 
संयोजक सापकोटाले स्थानीय स्तरमा सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र स्तरीकरमा जोडदिँदै सहकारी संस्थाहरुमा सुशासन कायम गर्न पालिका स्तरलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । 

सभाध्यक्ष माधव प्रसाद जोशीले सीमित सहकारीको गलत प्रवृत्तिका कारण सबै सहकारीमा समस्या छ भन्ने भ्रम चिर्न सहकारीका समसामयिक सबाल र सहकारीको समय सान्दर्भिक वस्तुस्थिति बारे अन्तरक्रिया तथा वहशका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः भूपेन्द्र थापा, जगदिश भट्ट, बद्रि प्रसाद भट्टराई, तेज बहादुर ऐर उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सहकारीका समसामयिक विषयवस्तु र ऐन नियम सम्बन्धमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो । 

आज कञ्चनपुरमा प्रभावकारी सञ्जाल तथा जिम्मेवार सदस्यहरुको लागि नेफ्स्कूनको आयोजनामा विस्तारित मञ्चको कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा आवद्ध सहकारी सदस्यहरुको उपस्थितिका बीच सञ्चालित विस्तारित मञ्चले संघको बार्षिक साधारणसभाकालागि आवश्यक पृष्ठपोषण प्राप्त गर्नेछ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप