नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा काठमाडौंमा शुरु हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा काठमाडौंमा शुरु हुँदै

काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको एक मात्र केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३१ औं वार्षिक साधारणसभा आज काठमाडौंमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अबको केही बेरमा गर्दै हुनुहुन्छ ।

सभामा संघका देशभरका सदस्य संघ संस्थाका प्रतिनिधिहरुका साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, नियामक निकाय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लगायत निकायका साथै संघको व्यवस्थापनको सहभागिता रहेको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सहभागी, अतिथिहरु तथा पत्रकारहरु आउने क्रम निरन्तर जारी छ ।

त्यसैगरी, पहिलो तथा उद्घाटन सत्रमा राष्ट्रिय युवा परिषद, लायन्स क्लब इन्टरनेशनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सिटिजन लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ, आइएमइ जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जिनोब प्रा.लि, रारा डिजिटल ल्याब, नियोसिस टेक्नोलोजी लगायतका नेफ्स्कूनका साझेदार निकायहरुको पनि सहभागिता रहेको छ । गत वर्ष मंसिरको पहिलो शुक्रबार ३०औं वार्षिक साधारण सभा सम्पन्न गरेको संघले यस बर्ष भने संसदीय निर्वाचनका कारण मंसिरमा सम्भव नभएपछि पौषको पहिलो शुक्रबार आयोजना गर्न लागेको हो । 

उद्घाटन सत्रमा संघको ३५ औं स्थापना दिवस २०७९ साउन ३१ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने छ । त्यसैगरी एक्सेस र प्रोबेसन ब्राण्ड प्राप्त संस्थाहरुलाई सम्मान गरिने कार्यक्रम रहेको छ भने सिटिइभिटीबाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्ष को तेस्रो व्याच उत्र्तीण विद्यार्थीहरुलाई दिक्षित गरिने छ । दोस्रो सत्रमा संघका वित्तीय प्रतिवेदनहरु प्रस्तुतिसँगै तिनी उपर सदस्यहरुको सुझाव संकलन, छलफल एवम् निर्णयार्थ विभिन्न प्रस्तावहरु पेश तथा स्वीकृति र साधारण सभाको निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन आदिको कार्यक्रम रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप