साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस र प्रोबेसन ब्राण्ड घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस र प्रोबेसन ब्राण्ड घोषणा 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम अन्तर्गत नेफ्स्कूनले आर्थिक बर्ष २०७८/०७९ को प्रोबेसन ब्राण्ड प्राप्त संस्था घोषणा गरेको छ । संघको पौष ७ गते बसेको ३१०औं सञ्चालक समितिको बैठकले अन्तिम परिक्षण गराइएका ८ साकोसका लागि प्रोबेसन ब्राण्ड घोषणा गरेको हो । 

एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गर्न सफल भएको छ । एक्सेस ब्राण्डको घोषणा एशियाली ऋण महासंघको नोभेम्बर २०२२ मा प्रकाशित अक्कू न्यूज लेटर मार्फत गरिएको थियो ।

राष्ट्रिय स्तरको साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेसन अन्तिम परिक्षण गराईएका ८ बचत तथा ऋण सहकारी संस्थाहरु क्रमशः ग्रामीण साकोस–सल्यान, जनसेवा साकोस –कास्की, जनउत्थान साकोस–रुपन्देही, लेटाङ साकोस –मोरङ, लेकाली स्वावलम्बन साकोस –गुल्मी, लोक कल्याणकारी साकोस –चितवन, नव विकास साकोस –रौतहट, र ठेचो महिला जागरण साकोस –ललितपुरले प्रोबेसन ‘सक्सिड’ ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । ब्राण्डिङ घोषणा भएका साकोसहरुलाई संघको शुक्रबार हुने साधारणसभाका अवसरमा ब्राण्ड प्रदान गरिने कार्यक्रम रहेको छ । 

साकोस स्तरीकरण अन्तर्गत एक्सेस र प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुलाई हार्दिक बधाई एवम् शुभकामना ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप