तरकारी फलफूल साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरकारी फलफूल साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत शेयर लाभांश प्रस्ताव पारित 

काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

पौष २ गते आयोजित सभाको उद्घाटन साकोसका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता, काठमाडौं क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विराज भतm श्रेष्ठको प्रमुख आतिथ्यता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको विशेष आतिथ्यतामा  भएको थियो । 

प्रमुख अतिथि श्रेष्ठले युवालाई स्वदेशमा नै रोजगार सृजना गरेर युवा शक्ति पलायन रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । रोजगार सृजना गर्ने अभियानमा अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको पनि महत्वपूर्ण योगदान रहन सक्ने भन्दै तरकारी फलफूल साकोस समुदायमा उदाहरणीय साकोसको रुपमा रहन सफल भएकोप्रति खुसी व्यक्त गर्नुभयो । 

सभामा विशेष अतिथि पनेरुले  सहकारीले मानिसको दैनिकी चलायमान गराउन ठुलो भूमिका रहेको भएतापनि सहकारीहरु सहकारीको मूल्य मान्यता विपरित सञ्चालन भइरहेकोले त्यसतर्फ सम्पूर्ण नेतृत्व वर्ग, सदस्य एवं कर्मचारीहरुले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । 

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कुन) का सचिव शालिकराम पुडासैनीले 
काठमाडौंको केन्द्र विन्दुमा रहेको तरकारी फलफूल साकोस सहकारीका निति, विधी र प्रविधिलाई आत्मसात गरि चलेकै कारण सफलताको शिखरतर्फ लम्किँदो अवस्थामा रहेको बताउनुभयो । 

कार्यक्रममा शेयर सदस्यका एस. इ .ई उर्तिण गर्न सफल २० जना छोरा छोरीहरुलाई सम्मान गरिएको थियो । 

त्यसैगरी, आर्थिक राहत अन्तर्गत लामो समय देखी विरामीहुनु भएको सदस्य तथा दुर्घटनामा परी ज्यान गुमाउनु भएको सदस्य परिवारलाई आर्थिक सहयोग र साकोसको उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । 

साकोसका कूल शेयर सदस्य २ हजार ३ जना, शेयरपूँजी रु. ६ सय ७१ लाख, बचत रु. ४२ करोड, ऋण लगानी रु. ४८ करोड सहित ६१ करोडको वासलातलाई साधारणसभाले पारित गरेको छ ।

यसैक्रममा, बन्द सत्रमा पनि प्रस्ताव भएका विनियम संसोधन, आन्तरिक नीति, कार्यविधि संशोधन प्रस्ताव सभाबाट सर्वसम्मत पारित गरेको छ । 

सभाको उद्घाटन सत्र साथै बन्द सत्रको कार्यक्रम सञ्चालन साकोसकी व्यवस्थापक विमला पुडासैनीले गर्नु भएको थियो ।   

२०५६ माघ २१ गते ३० जना सदस्यबाट ३१ हजार ९०० शेयरपूजीँ संकलन गरी तरकारी फलफूल साकोसको स्थापना भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप