नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्ति तथा संघ संस्था सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्ति तथा संघ संस्था सम्मानित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३१ औं वार्षिक साधारण सभामा विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।

आज काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सभामा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुलाई विभिन्न विधा अन्तर्गत सम्मान एवम् पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कार तथा सम्मान समारोहमा सहकारी सचिव डा. दामोदर रेग्मी, विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित, संघका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल लगायत सहभागी अतिथिहरुले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनले नेपालको सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थाहरुको घोषणा स्थापना दिवसमा गर्ने र वार्षिक साधारण सभामा सम्मानित एवम् पुरस्कृत गर्ने परम्परा स्थापित गर्दै आएको छ । सोही अनुरुप गत साउन ३१ मा घोषित सम्मान तथा पुरस्कार आज ३१ औं वार्षिक साधारणसभाका अवसरमा प्रदान गरिएको हो ।

एक्सेस/प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल संस्थाहरुः

एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. लाई एक्सेस ब्रोञ्ज ब्राण्ड प्रदान गरिएको थियो भने राष्ट्रिय स्तरको साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेसन अन्तिम परिक्षण गराईएका ८ बचत तथा ऋण सहकारी संस्थाहरु क्रमशः ग्रामीण साकोस–सल्यान, जनसेवा साकोस –कास्की, जनउत्थान साकोस–रुपन्देही, लेटाङ साकोस –मोरङ, लेकाली स्वावलम्बन साकोस –गुल्मी, लोक कल्याणकारी साकोस –चितवन, नव विकास साकोस –रौतहट, र ठेचो महिला जागरण साकोस –ललितपुरलाई प्रोबेसन ‘सक्सिड’ ब्राण्ड प्रदान गरिएको थियो । 

सम्मानित/पुरस्कृत हुने संघ संस्था एवम् व्यक्तिहरूः

संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ भक्तपुरस्थित नारी सेवा साकोसकी  अध्यक्ष सहना पसखल र पुरुषतर्फ इन्द्रग्राम पुनरमिलन साकोस एवं चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष धनप्रसाद श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित बछ्यौली नारी चेतना साकोस, चितवन र मिश्रितमा नवलपरासी (बसूप) स्थित ग्रामीण साकोस पुरस्कृत भएका छन् । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरूमा प्रदेश नं. १ बाट लेटाङ साकोस–मोरङ, मधेस प्रदेशबाट संकल्प साकोस–रौतहट, बागमती प्रदेशबाट चण्डेश्वरी साकोस–काभ्रेपलाञ्चोक,  गण्डकी प्रदेशबाट सप्तकोशी साकोस, गोरखा, लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस–पाल्पा, कर्णाली प्रदेशबाट समाज कल्याण साकोस –सुर्खेत, सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशिल साकोस –कैलाली पुरस्कृत भएका छन् ।

नेफ्स्कून उत्कृष्ट व्यवस्थापकमा हाम्रो बिन्धवासिनी साकोस काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत खिल बहादुर स्याङ्तान (के.बी. लामा) हुनुहुन्छ । त्यसैगरी प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा क्रमशः प्रदेश नंं १ बाट दाम्राभिट्टा साकोस –मोरङका सोमनाथ अर्याल, मधेस प्रदेशबाट स्वस्तिक साकोस –सर्लाहीका विनोद कुमार थापा, बागमती प्रदेशबाट सामुहिक साकोस –भक्तपुरका कविन्द्र धौबन्जार, गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस–नवलपुरका नरभुपाल भुसाल, लुम्बिनी प्रदेशबाट सिको साकोस बर्दियाका हरिहर पौडेल, कर्णाली प्रदेशबाट जनकल्याण साकोस सुर्खेतका खुमलाल न्यौपाने, सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस कैलालीका छविलाल जैशी हुनुहुन्छ ।  

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ नेफ्स्कूनकी पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य सीता भट्टराई–इलाम र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक महेन्द्र प्रसाद ढकाल –सिन्धुली पुरस्कृत हुनुभएको छ ।    

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पुरस्कृत भएको छ । 

नेफ्स्कून विद्धता पुरस्कारमा सहकारीविद् देशमर्दन बस्न्यात (पि.एच.डी.), नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ नेपालपत्र न्यूज डटकमका सम्पादक माधव कुमार खड्का पुरस्कृत हुनुभएको छ ।  

नेफ्स्कून उत्कृष्ट कर्मचारीतर्फ वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र वरिष्ठ सहायक छत्रप्रसाद जैशी पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी संघको उत्कृष्ट फिल्ड कार्यालय अन्तर्गत पोखरा फिल्ड कार्यालयले आ.व. ०७८/०७९ को उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । 

नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा सुर्खेतको शुभ साकोस, उत्कृष्ट बचतकर्तामा धनुषा जनकपुरधामको आस्था साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा कास्की पोखराको जय गणेश साकोस र उत्कृष्ट लघुवित्तमा लमजुङको बेसिशहरस्थित जनकल्याण साकोस पुरस्कृत भएका छन् । साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा हाम्रो मध्यवर्ती साकोस बर्दिया पुरस्कृत भएको छ । 

त्यसैगरी राष्ट्रव्यापी साकोस गान प्रतियोगिता–२०७८ मा तृतीय हुन सफल “रङ्गीचङ्गी फूलहरुको सुन्दर उद्यान हो” बोलको साकोस गानका सर्जक तुल्सीहरि प्रजापती, द्धितीय हुन सफल “परिश्रमको फल, पसिनाको मोल” बोलको साकोस गानका सर्जक लक्ष्मीनारायण दुवाल र प्रथम स्थान हासिल गर्न सफल “सहकारी अभियान उन्नतिको आधार हो” बोलको साकोस गानका सर्जक प्रकाश भुर्तेललाई सम्मान तथा नगद पुरस्कार (क्रमशः १५ हजार, २० हजार र २५हजार) प्रदान गरिएको थियो । 

त्यसैगरी सिटिइभिटिबाट सम्बन्धन प्राप्त सहकारी व्यवस्थापन कोर्षको अध्ययन पुरा गरेका ९ जना विद्यार्थीहरु मन्त्री श्रेष्ठद्वारा दिक्षीत भएका थिए ।  सहकारी व्यवस्थापन कोर्ष तेस्रो व्याचका ७ जना र दोस्रो व्याजका २ जना गरी ९ विद्यार्थीहरु संघको साधारणसभाका अवसरमा दिक्षीत भएका हुन् ।

पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्था र दिक्षीत विद्यार्थीहरुलाई नेफ्स्कून हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप