काठमाडौं । नेफ्स्कून कलंकी फिल्ड कार्यालयको आयोजनामा आज काठमाडौंका केही बचत तथा ऋण सहकारी संस्थाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया भएको छ ।
काठमाडौंको कुलेश्वर, कालीमाटी, टेकु र कलंकी क्षेत्रमा सञ्चालित संघमा आबद्ध भएका र आबद्ध हुन बाँकी बचत तथा ऋण सहकारी संस्थाहरु बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ४० जनाको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिनाले गर्नुभएको थियो ।
कोषाध्यक्ष पनेरुले सहकारीका विद्यमान समसामयिक समस्याको जड नै सुशासनमा कमजोरी रहेको बताउनुभयो । उहाँले साकोसको सुरक्षा, सबलीकरण र सुदृढीकरणका लागि अव अभियानमा ऐक्यबद्धताको विकल्प नभएको बताउँदै सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु संघमा आवद्ध भई गुणस्तर सुधारका कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । नीति, विधि र प्रविधिगत एकरुपता विना साकोस अभियान सुरक्षित हुन नसक्नेमा उहाँले जोड दिनुभएको थियो ।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि