सिन्धुलीमा सहकारीहरूका लागि लेखा व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारीहरूका लागि लेखा व्यवस्थापन तालिम सञ्चालन

सिन्धुली । जिल्ला सहकारी संघ लि. सिन्धुलीको आयोजनामा सञ्चालित ४ दिवसीय लेखा व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ । माघ ७ देखि १० गते सम्म सञ्चालित उक्त तालिम कार्यक्रम जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यतामा भएको थियो । 

जिल्लामा सञ्चालित सहकारीको लेखालाई पारदर्शि बनाउने अभिप्रायले सञ्चालनमा  ल्याईएको  उक्त तालिम कार्यक्रममा सिन्धुली जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका २९ सहकारी संस्थाका कर्मचारी तथा सञ्चालकहरुले सकृय सहभागिता जनाएका थिए । 

तालिम कार्यक्रम सहभागीको तर्फवाट बोल्दै दिप्ती ढकालले लेखाका सिद्धान्त, संकेत नम्बर, गोश्वारा भौचर, चार खाता प्रविष्टी, सन्तुलन परिक्षण एवं नाफा नोक्सान हिसाब बनाउन सक्ने तालिम छोटो भए पनि कार्यक्रम निक्कै प्रभावकारी भएको यस्ता कार्यक्रमहरु नियमित रुपमा सहकारी अभियानले गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समापन कार्यक्रमका प्रमुख अथिति एवं जिल्ला समन्वय समिति प्रमुख कारसाङ लामाले सिन्धुलीको सहकारी अभियानलाई सबल र सक्षम बनाउन जिल्ला समन्वय समितिले हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सहकारीको लेखा व्यवस्थित रुपमा राख्न नसक्दा सहकारी संस्थाहरु समस्यामा रहेको वेला यो कार्यक्रमले थोरै भए पनि राहत पुगेको बताउनुभयो । 

जिल्लामा ५१७ सहकारी संस्थाहरु भए पनि धेरै सहकारी सिमित व्यक्तिहरुको पहूँचमा मात्र रहेकाले सहकारीलाई सहकारीको वास्तविक मर्म तथा शिद्धान्त अनुसार सञ्चालन गर्न अभियानलाई सुझाउनुभएको थियो ।

४ दिन सम्म सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिममा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला तथा जिल्ला सहकारी संघका सञ्चालक तथा शिक्षा तथा तालिम उप समितिका संयोजन शम्भु प्रसाद दाहालले सहजीकरण गर्नु भएको  थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप