हाम्रो चित्रवन साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

केशब लोहनी 

२६ माघ
भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । हाम्रो चित्रवन साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा माघ २२ देखि २५ गतेसम्म सञ्चालित तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति तथा कर्मचारी गरि २९ जनाको  सहभागितामा रहेको थियो । 

तालिममा साकोसका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षता तथा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिना र कार्यक्रम अधिकृत कोमलराज अधिकारी मार्फत सहजीकरण गरिएको सो तालिममा वित्तिय बजारमा साकोसको छबि, सञ्चालकको काम कर्तव्य दायित्व, प्रभावकारिता, ब्यवस्थापन पक्षबाट सञ्चालकको अपेक्षा, सञ्चालकबाट ब्यवस्थापनको अपेक्षा, बजार खण्डीकरण, सदस्यको आवश्यकता, बस्तु तथा सेवाको विकास, बजारीकरण, वित्तीय बजारमा साकोसले ओगटेको क्षेत्र, वित्तीय व्यवस्थापन, ऋण लगानीका आधार, भाखा नाघेको ऋण ब्यवस्थापन, रणनीतिक योजना, मानव संसाधन ब्यवस्थापन, कानुनी उत्तरदायित्व र सुसाशन एवं सहकारीमा हुनसक्ने स्रोतको दुरुपयोगका बिषयमा प्रशिक्षण प्रदान गरिएकोे संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले बताउनु भयोे ।

तालिम समापनमा प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले चितवन जिल्लाकै नमुना साकोसको रुपमा यस हाम्रो चित्रवन साकोस केन्द्रमा समेत चर्चा चल्ने गरेको बताउनुहुदै यस किसिमका तालिमबाट आर्जन गरिएको  सीप ब्यवहारमा लागु गर्दा सस्थाको बृत्तिबिकासमा कोशेढुङगा साबित हुने धारणा राख्नु भयो ।

यसै गरि संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले तालिमले सञ्चालकको क्षमता विकास एवं समग्र संस्थाकै विकासमा भुमिका खेल्ने बताउदै सुशासनमा नचलेका कतिपय साकोसहरु भागेका कारण बर्तमान अवस्थामा सहकारी अभियानमा गम्भिर चुनौति थपिएकोले यो तालिमले हाम्रो चित्रवन साकोसलाई थप सुशासन र सुरक्षित राख्न र जोखिम ब्यवस्थापन गर्न सहयोग पुग्ने र आगामी दिनमा प्राप्त ज्ञान र सीपको प्रयोग मार्फत संस्थालाई साकोस अभियानको नमुना बनाउन अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप