सहकारीको सन्दर्भ व्याजदर स्वचालित बन्नुपर्छः रजिष्ट्रार घिमिरे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको सन्दर्भ व्याजदर स्वचालित बन्नुपर्छः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका नवनियुक्त रजिष्ट्रार नमराज घिमिरेले सहकारीको सन्दर्भ व्याजदर स्वचालित बन्नुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आज आयोजना गरेको नवनियुक्त रजिष्ट्रार स्वागत तथा छलफल कार्यक्रमका अवसरमा बोल्दै रजिष्ट्रार घिमिरेले बैंक, वित्तीय संस्था होस् वा सहकारी जे भएपनि व्याजदर निर्धारण गर्ने विषय बजारकेन्द्रीत हुनेहुँदा यसलाई स्वचालित बनाउनुपर्नेमा आफ्नो पहल रहने बचनबद्धता व्यक्त गर्नुभयो । कुनै संस्था र संस्थाले गर्ने कार्य प्रभावकारी हुन प्रणाली विकास हुनु जरुरी रहेको उहाँले बताउनुभयो । 

कानुन संशोधनको विषय अगाडि बढिरहेको सन्दर्भलाई उल्लेख गर्दै रजिष्ट्रार घिमिरेले कानुन निर्माणको क्रममा व्यापक छलफल गर्नुपर्ने र ऐन कानुन आइसकेपछि त्यसको कार्यान्वयनको विकल्प नरहने प्रष्ट पार्नुभयो । 

नेफ्स्कूनका गतिविधिहरुको प्रशंसा गर्दै रजिष्ट्रार घिमिरेले राज्य र नियामक निकायले गर्नुपर्ने काम एक तहमा नेफ्स्कूनले गर्दै आएकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले जहासम्म साकोस स्तरीकरणको विषय छ, यो संघले नै प्रमाणीकरण गर्न सक्ने भन्दै विभागले टुल्स निर्माणका क्रममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

सहकारीहरुमा समस्या आउनु आफ्ना कारणले मात्र नभई विद्यमान आर्थिक अवस्था जिम्मेवार रहेको उहाँको भनाई थियो । उहाँले समस्याग्रस्त सहकारी प्रति कमन संम्बोधन तत्काल जरुरी रहेको बताउनुभयो । सहकारीका समस्याको स्थायी समाधानका लागि विधि र प्रक्रिया ठीक हुनुपर्ने साथै प्रणालीमा रुपान्तरण र मनोवैज्ञानीक परिवर्तन आवश्यक रहेकोप्रति उहाँको जोड थियो । अभियानमा रहुन्जेल राम्रो गर्न प्रतिबद्ध रहने विचार व्यक्त गर्दै यसका लागि सबैपक्षको सहकार्य अपरिहार्य हुने रजिष्ट्रार घिमिरेले बताउनुभयो । 

संघका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनका आगामी मेजर कार्यक्रमहरुबारे रजिष्ट्रार घिमिरेलाई जानकारी गराउनुभएको थियो । बचत तथा ऋण सहकारीका लागि छुट्टै साकोस ऐनको आवश्यकताबारे जानकारी गराउँदै यस विषयमा लबिइङको काम भइरहेको साथै मन्त्री, पूर्व अर्थमन्त्रीहरुसँग पनि छलफल चलिरहेको अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो । 

कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी अभियानको धमिलो परिस्थितिलाई बुझेर अभियानको सृदृढीकरणका लागि नवनियुक्त रजिष्ट्रारबाट अभियानले ठूलो अपेक्षा लिएको विचार व्यक्त गर्नुभयो । 

संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनका गतिविधि, संघले अगाडि सारेको स्तरीकरण र स्थिरीकरण कार्यक्रम, आगामी रणनीतिक योजना र सहकारीका समसामयिक सबाल  तथा बस्तुस्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघका सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ, कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी, संघका प्रमुख कार्यकारी अधिकृत विभागीय प्रमुखहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप