सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : डा. खतिवडा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : डा. खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई नियमन गर्न छुट्टै ऐन आवश्यक भएको बताउनुभएको छ । काठमाडौंमा हिजोदेखि जारी सहकारी महसम्मेलनमा आफ्नो विचार राख्दै डा.खतिवडाले राष्ट्र बैंकले सहकारीलाई नियमन गर्ने कुरा असम्भव भएको भन्दै छुट्टै सहकारी ऐन र छुट्टै नियामक निकायको स्थापना गर्नुपर्नेमा सुझाव दिनुभयो । सहकारी अभियान अन्तर्गत बचत तथा ऋण सहकारी संघ संस्थाहरुको नियमन र प्रभावकारी सञ्चालनका लागि बचत तथा ऋण सहकारी सम्बन्धी छुट्टै ऐनको माग भइरहेका बेला डा. खतिवडाले सहकारी क्षेत्र व्यवस्थापनका लागि छुट्टै ऐनको आवश्यकता महशुस गरिएको अभिव्यक्ति दिनुभएको हो । 

सबैभन्दा ठूलो संख्यामा रहेको बचत तथा ऋण सहकारीको प्रभावकारी र व्यवस्थित सञ्चालनका लागि अभियानबाट विगत लामो समयदेखि छुट्टै सहकारी ऐन निर्माणका लागि सरकारसँग लबिङ समेत भइरहेको छ । 

महासम्मेलनमा अष्ट्रेलियाकी विजनेस काउन्सिल अफ को–अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले सहकारीको सहकार्यले देशको दिगो आर्थिक विकास सम्भव हुने बताउनुभयो ।

आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले पछिल्लो समय सहकारीमा देखिएको समान सहकार्यको सिद्धान्तले महिलाहरुमा समेत राम्रो प्रभाव पारेको बताउनुभयो । 

उहाँले सहकारी अभियान्तामा विचलन आउँदा पछिल्लो समय सहकारीमा समस्या आएको धारणा व्यक्त गर्दै सहकारीमा विचलन नभइ एकताको खाँचो रहेको बताउनुभयो । सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र निर्देशनको आवश्यकता नपर्ने भनाई राख्नुभयो । 

भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीलाई विश्वासनिय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिनुभयो । सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनियता माथि ठुलो चुनौती आएको उहाँको भनाई थियो । सहकारीमा समान सहकार्यले नेतृत्वको विकासँगै मुलुकको दिगो विकासमा समेत योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

विहिबारबाट सुरु भएको महासम्मेलन शनिवारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुबाट ११ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप