दिगोे विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिका महत्वपूर्ण छ : पूर्व उपाध्यक्ष कडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगोे विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिका महत्वपूर्ण छ : पूर्व उपाध्यक्ष कडेल

काठमाडौं । दिगोे विकासको लक्ष्य प्राप्तीका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कडेलले बताउनुभएको छ । 

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिन कार्यक्रमको अध्यक्षता गर्दै कँडेलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्ती सम्बन्धी कामहरु भएको बताउनुभएको हो ।

‘नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ । सहकारीको भूमिका १५औं योजनामा समेत प्रष्ट रुपमा खुलाईएको छ । सहभागितामा कुनै समस्या छैन । सरकारले नै सहकारी मार्फत हुन सक्ने दिगो विकासमा जोड दिएको छ । राज्य स्तरमा बुझाई र समन्वयमा समस्या छ । तर, पनि सहकारी अभियानले दिगो विकासमा ध्यान दिन आश्यक छ’, पूर्व उपाध्यक्ष कंडेलले भन्नुभयो ।

त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलेले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्ती गर्ने कामहरु गरेको बताउनुभयो । ‘सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ । जसले बजार गतिशिल बनाउनको लागि भूमिका निर्वाह गरेको छ । पूँजीवादलाई बचाउनको लागि सहकारी आवश्यक छ, त्यसैले सामाजिक आयामलाई बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ’, पोखरेलले भन्नुभयो । उद्यमहरुको प्रचार प्रसार र पूँजी उत्पादन गर्न सहकारीले सहयोग गरेको समेत पोखरेलले बताउनुभयो । ‘स्थानीय स्तरमा रहेका स्रोत साधनहरुलाई पहिचान गरी त्यसको परिचालन सहकारीमार्फत उचित रुपमा भएको छ’, उहाँले भन्नुभयो, ‘सहकारीले सबैलाई समेटेर उत्पादनलाई संस्थागत गरेको छ ।’

समाजमा देखिएको वर्गीय असमानतालाई बचाउनको लागि सहकारीले राम्रो भूमिका निर्वाह गरेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले बताउनुभयो । सहकारीले गरिब अन्त्य, रोजगारी र उद्यमशिलतालाई जोड दिएको प्रष्ट पार्नुभयो । सहकारीले गुणस्तरिय शिक्षाको लागि बिना धितो कर्जा प्रवाह, सामाजिक असमानता न्यूनिकरण गर्न, शान्ति स्थापना गर्नको लागि सहकारी अग्रसर रहेको पोखरेलको भनाई थियो । 

सहकारी र दिगो विकास बीचमा अन्तर सम्बन्ध रहेको यूएनडिपिका कानूनी सल्लाहकार धर्मा स्वर्णकारले बताउनुभयो । सहकारीका सिद्धान्तबाट दिगो विकास प्रोत्साहन भएको उहाँको भनाई थियो । व्यवहारमा सहकारी र नीजि क्षेत्रको सम्बन्धको विषयमा बहस गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।  

त्यसैगरी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्र सरकारबाट नै उपेक्षित बनेको बताउनुभयो । ‘राज्यले सहकारी क्षेत्रलाई प्राथामिकता दिएको छैन । सहकारीले गरेको उत्पादनमा प्राथामिकता दिन सकेन । अर्थतन्त्रको रुपमा तोस्रो खम्बाको रुपमा मान्यता दियो तर व्यवहारमा छैन’, उहाँले भन्नुभयो, ‘सहकारीमार्फत सामाजिक उत्तरदायित्व सबै भन्दा धेरै भएको छ । तर त्यसको मूल्यांकन हुन सकेको छैन् । दिगो विकासका लक्ष्यहरुमा मात्र नभएर समृद्धिमा समेत योगदान गरेको छ । सहकारीलाई राज्यले प्राथामिकता नदिएसम्म दिगो विकासको लक्ष्य पूर्ण हुँदैन ।’ 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप