सुर्खेतमा एकीकरण अभियानको लहर, वीरेन्द्रनगर र अन्य दुई साकोसबीच एकीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा एकीकरण अभियानको लहर, वीरेन्द्रनगर र अन्य दुई साकोसबीच एकीकरण 

सुर्खेत । सुर्खेतका तीन साकोसबीच एकीकरण भएको छ । सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि, ओयसिस बचत तथा ऋण सहकारी संस्था लि. र  अभ्यूदय ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.बीच एकीकरण भएको हो । चैत्र २२ गते कर्णाली प्रदेश रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुम प्रसाद सुवेदीले संस्था एकीकरणको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । एकीकरण पश्चात वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाबाट संयुक्त कारोबार शुरु भएको छ ।  त्रिपक्षीय सहमती भएसँगै तीन साकोसले फागुन २२ गते नै संयुक्त साधारणभा सम्पन्न गरेको थियो । 

सहकारी संस्था एकीकरणको कार्यलाई अभियानकै रुपमा द्रुतगतिमा अगाडि बढाइरहेको साकोसका अध्यक्ष बमबहादुर बिसीले जानकारी गराउनुभयो । उहाँले वीरेन्द्रनगर साकोस वित्तीय रुपमा स्वस्थ र सबल भएकोले सदस्यहरुले ढुक्क भएर संस्थामा कारोबार गर्न सक्ने बताउनुभयो ।  विगत ४ बर्षदेखि सहकारी क्षेत्रलाई मर्यादित र प्रभावकारी बनाउनका निमित्त एक आपसमा अनुभव आदान प्रदान गराउन सहकारीहरुबीच सहकार्य अभियान चलाईएको छ, उहाँले भन्नुभयो । सहकारीबीचको सहकार्यात्मक सम्बन्ध विस्तारले एकीरकण अभियानमा सहजता भएको अध्यक्ष बिसीले बताउनुभयो । 

२०५८ असार २२ गते स्थापना भएको वीरेन्द्रनगर साकोस सुर्खेत जिल्लाभर कार्यक्षेत्र भएको कर्णाली प्रदेशको मुख्य बचत तथा ऋण सहकारी संस्था हो । यस संस्थाले हालसम्म आफूसहित ८ वटा सहकारी संस्था एकीकरण गरेको छ । पछिल्लो पटक ओयसिस बचत तथा ऋण सहकारी संस्था र अभ्यूदय ग्रामीण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको हो । 

एकीकरण पश्चात साकोसको कुल सदस्य संख्या २२ हजार ५ सय ७३ पुगेको छ भने शेयर पूँजी रु १४ करोड ८० लाख ७१ हजार ९ सय पुगेको छ । बचत रकम रु. ६८ करोड ५१ लाख ५२ हजार ८ सय २८ रुपैयाँ पुगेको छ । त्यसै गरी कोष रु ८ करोड ६७ लाख १३ हजार ५ सय ६९ रुपैयाँ रहेको यस संस्थाको रु ९८ करोड ९७ लाख ७ हजार ५ सय ५८ रुपैयाँ ऋण लगानी गरेको छ । साकोसमा रु. १२ करोड ३४ लाख ९५ हजार ७ सय ७१ रुपैयाँ तरलता रहेको छ । विभिन्न संस्थाहरुमा रु ६१ लाख ९२ हजार ४ सय रुपैयाँ लगानी गरेको छ ।  हाल संस्थाको पूँजी रु. १ अरब १५ करोड २४ लाख ९१ हजार ६०८ रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले दिनु भएको छ । 

हालसम्म विभिन्न प्रकृतिका ७ वटा सहकारी संस्थाहरुसँग तीन चरणमा गरी सहकारी एकीकरणको काम सम्पन्न गरेको छ । संस्था एकीकरण पछि १७ जनाको सञ्चालक समिति र ३ जनाको लेखा सुपरिवेक्षण समिति रहेको यस संस्थामा सबै सेवाकेन्द्रहरु सञ्चालनका लागि सेवाकेन्द्र व्यवस्थापन तथा सञ्चालन उपसमिति गठन गरेर सेवाकेन्द्रहरु स्थानीय व्यवस्थापनमा सञ्चालन गरिरहेको छ । 

सुर्खेत जिल्लाका विभिन्न १३ वटा स्थानमा रहेका सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ । संस्था कर्णाली प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ नेपालको एशोसियट सदस्यता प्राप्त गरेको एकमात्र संस्था हो । विभिन्न राष्ट्रिय स्तरका पुरस्कार प्राप्त गरिसकेको यो संस्था आर्थिक कारोवार, सदस्य संख्या, सुशासन र सेवाक्षेत्रका हिसावले कर्णाली प्रदेशको सबैभन्दा ठूलो बचत तथा ऋण सहकारी संस्था हो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप