सदस्य सक्षमता विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सक्षमता विकास तालिम सञ्चालन 

रामेछाप । सहकारीका सञ्चालक समिति, लेखा समिति, उपसमितिहरुलाई लक्षित गरी सदस्य सक्षमता विकास तालिम रामेछापको मन्थली न.पा.८, चिसापानीमा सञ्चालनमा रहेको छ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको निशुल्क प्राविधिक सहयोगमा सञ्चालित तालिम समावेशी साकोस र चिसापानीगढी साकोसको संयुक्त आयोजनामा भएको हो । 

तालिमको उद्घाटन समावेशी साकोसका अध्यक्ष शान्ता कुमारी श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका ८ का कार्यवाहक वडा अध्यक्ष सिता कुमारी वुढाथोकी घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । 

तालिम उद्घाटन सत्रमा जिल्ला वचत संघका सञ्चालक देव वहादुर श्रेष्ठ, नेफ्स्कून मन्थली फिल्ड ईन्चार्ज सुर्य बहादुर थापा लगायतको उपस्थिति थियो । 

प्रमुख अतिथि सिता कुमारी वुढाथोकिले नव निर्वाचित सञ्चालक समिति लगायत, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उप समितिका पदाधिकारी तथा सदस्यहरुका लागि निशुल्क तालिम उपलब्ध गराएर समितिका सदस्यहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा धन्यवाद दिनुभयो । उहाँले सहकारी आफ्नो मुल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुनुपर्ने वताउँदै समुदायको हक हित तथा सदस्यको आर्थिक उन्नतिका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा समावेशी साकोस तथा चिसापानीगढी साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिका सदस्यहरु गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो । चैत्र २६ र २७ गते सञ्चालित कार्यक्रमको सहजिकरण नेफ्स्कून तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप