‘समाजमा भिजेका र सामूहिक निर्णय गर्ने सहकारी संस्थामा समस्या छैन’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘समाजमा भिजेका र सामूहिक निर्णय गर्ने सहकारी संस्थामा समस्या छैन’

सर्लाही । समुदायमाझ सदस्यहरुको विश्वास कायम गर्दै सञ्चालनमा रहेका सहकारीहरुमा कुनै प्रकारको समस्या नरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

सामुदायिक रेडियो एकता सञ्चालन गरिरहेको सामुदायिक सञ्चार एकता सहकारी संस्था लिमिटेड सर्लाहीले आयोजना गरेको सहकारीको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागी बक्ताहरुले वास्तविक सहकारीहरुमा कुनै समस्या नभएको र सदस्यहरुले ढुक्कसँग कारोबार गर्न सक्ने वातावरण रहेको बताएका हुन् ।

सामुदायिक रेडियो एकताले सर्लाहीको लालबन्दी नगरपालिका–५, स्थित आफ्नै कार्यालयमा जिल्लाभित्र क्रियाशील सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकलगायतलाई सहभागी गराएर सो कार्यक्रम गरेको थियो । 

कार्यक्रम सामुदायिक सञ्चार एकता सहकारी संस्था तथा रेडियोका अध्यक्ष गोविन्दबहादुर महतको अध्यक्षता एवं लालबन्दी नगरपालिकाको सहकारी शाखाका प्रमुख गोपालबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा सह–आयोजक राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका प्रमुख विष्णुप्रसाद पराजुली, जिल्ला बचत संघ सर्लाहीका पूर्व अध्यक्ष बाबुराम घिमिरे, बचत संघका वर्तमान उपाध्यक्ष धनेश्वर महतो, राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रमुख नारायण लामिछाने, नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बराल लगायतले मन्तव्य राख्नुभएको थियो । 

सहकारी सिद्धान्त पालना गरेका, नीति, विधि र प्रक्रियामा सञ्चालित सहकारीहरु जसले सम्पूर्ण वित्तीय तथा गैरवित्तीय कारोबार प्रक्रिया पुर्याएर गरेका छन्, तिनीहरुमा कुनै समस्या छैन, सहभागी बक्ताहरुको भनाई थियो । उहाँहरुले आफु आवद्ध सहकारीसँग ढुक्क भएर कारोबार गर्न समेत सदस्यहरुलाई सुझाएका थिए । 

रेडियोको सञ्चालक समितिका सदस्य बेचुप्रसाद तिमल्सिनाको स्वागत तथा व्यवस्थापक प्रकाश मैनालीको सञ्चालन रहेको कार्यक्रममा रेडियोका तर्फबाट विनोदकुमार थापा, राष्ट्रिय सहकारी बैंकको तर्फबाट विष्णुप्रसाद पराजुली र नारायण लामिछाने तथा नेफस्कूनको तर्फबाट महेश बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप