‘उद्यमशीलता मार्फत जीवन परिवर्तन’ भन्ने थिमका साथ प्रथम सिको महिला जीविकोपार्जन सम्मेलन सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘उद्यमशीलता मार्फत जीवन परिवर्तन’ भन्ने थिमका साथ प्रथम सिको महिला जीविकोपार्जन सम्मेलन सम्पन्न

बर्दिया । ग्रामिण क्षेत्रमा रहेर निरन्तर सदस्यहरुको जीवनस्तर सुधारका क्षेत्रमा कार्यगर्दै आएको बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा अवस्थित सिको बचत तथा ऋण सहकारी संस्था लि.ले “उद्यमशीलता मार्फत जीवन परिवर्तन,” प्रथम सिको महिला जीविकोपार्जक क्लब सम्मेलन २०७९ सम्पन्न गरेको छ ।  बर्दियाको मानपुर टपरामा चैत्र २९ गते आयोजित कार्यक्रम साकोसका अध्यक्ष एवम् नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्लको प्रमुख आतिथ्यता तथा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरी, जिल्ला बचत संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने, बरिष्ठ पत्रकार एवम् उत्प्रेरक बक्ता बबिता बस्नेतको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा पत्रकार बस्नेतले उद्यमशिलता र जीवन परिवर्तन विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरि महिलाहरुलाई उद्यमशील बन्नका लागि उत्प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिला दिदीबहिनीहरुलाई आफ्नो जीवनस्तर उकास्न सहकारीमा नियमित बचत र त्यसका लागि उद्यमशिलताका कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभएको थियो । महिलाहरु अब घरायसी काममा मात्र सीमित नभएर आफु सक्दो आय आर्जनका काममा लाग्न सुझाउनुभएको थियो भने पैसाको अभावमा पछाडि नहटी सहकारीमार्फत ऋण लिएर उद्यमशिलता मार्फत रोजगारीमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

साकोसले विभिन्न समयमा सिको जीविकोपार्जन क्लबहरु गठन गरेर महिला सशक्तिकरण र उद्यमशिलता सीप विकासका कार्यक्रमहरु गर्दै आइरहेको छ । साकोसमा हालसम्म १ सय १९ वटा सिको जीविकोपार्जन क्लब मार्फत महिला सदस्यहरु उद्यमशिलता विकासका कार्यक्रमहरुमा क्रियाशिल रहेका छन् । 

साकोसका अध्यक्ष अधिकारीले सदस्यहरुका आवश्यकता र चाहना परिपूर्ति गर्ने सहकारीको लक्ष्यसहित बचतका माध्यमबाट खुसी र समृद्ध सदस्य बनाउने अभियान अन्तर्गत उद्यमशिलता विकासका कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो । उहाँले विभिन्न क्लबमा आबद्ध महिला सदस्यहरुलाई  विभिन्न सिप सिकाएर उद्यमी तथा नेतृत्व लिन सक्ने बनाउनका लागि निरन्तर लागिरहेको र यसलाई अझ वृहत बनाई अघि बढ्नका लागि कार्ययोजना निर्माण गरि संस्था तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो । 

नववर्ष २०८० लाई विशेष पर्व मानेर विविध साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न भएको उक्त कार्यक्रममा साकोसले बचत संकलनको कार्यक्रमलाई पनि अगाडि बढाएर विभिन्न किसिमका पर्व बचत गरी जम्मा रु. ३१ लाख १५ हजार संकलन भएको व्यवस्थापक भोविन्द्र बहादुर सुनारले जानकारी गराउनुभयो । 

सम्मेलनमा विभिन्न जीविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरू, संस्थासँग सम्बन्धित समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनका कर्मचारी लगायत करिब १ हजार जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रकाश कुमार आचार्यले गर्नुभएको थियो ।

सिको साकोस सुशासनमा प्रतिवद्ध हुँदै गुणस्तर बृद्धि र सहकारी एकीकरणलाई समेत जोड दिएर अगाडि बढेको छ ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप