पाँचथरको फिदिममा सदस्यसँग नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचथरको फिदिममा सदस्यसँग नेफ्स्कून

 फिदिम । तेह्रथुम र पाँचथर जिल्लाका सहकारीकर्मीहरुसँग नेफ्स्कूनद्वारा सहकारी अन्तरक्रिया गरिएको छ । जिल्ला बचत संघ तेह्रथुमको व्यवस्थापन सहयोगमा पाँचथरको फिदिममा आयोजित कार्यक्रममा दुबै जिल्लाका गरि २५ सहकारीकर्मीहरु उपस्थित थिए । 

कार्यक्रम जिल्ला बचत संघ पाँचथरका अध्यक्ष जीवन गिरीको अध्यक्षता, नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यता साथै सञ्चालक घनश्याम अधिकारी, गरिबी निवारण कोषका निवर्तमान उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझा र सञ्चालक लक्ष्मीप्रसाद भण्डारी साथै राष्ट्रिय सकारी वैंक फिदिम शाखा प्रतिनिधि नविन भट्टराईको आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले इलामको साकोस अभियानलाई थप दिगो र सुरक्षित बनाउन नेफ्स्कूनले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । हरेक पालिकामा नमूना साकोस बनाइ प्रकृतिको अनुपम इलामलाई साकोसको नमूना जिल्ला बनाउने अभियानमा सबैलाई लाग्न समेत अध्यक्ष पौड्यालले अनुरोध गर्नु भयो । अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो । 

अन्तरक्रियाको क्रममा नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम पाँचथर जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । साकोसहरुको लेखा परिक्षण समेत एकरुपता नभएको र केहीमा शुद्धता समेत नदेखिएको हुदा नेतृत्वले विशेष ध्यान पुर्याउन समेत अनुरोध गर्नु भएको थियो । छोटो समयको निमन्त्रणालाई स्वीकारी उपस्थित सम्पूर्ण साकोस अभियान कर्मीहरुलाई हार्दिक धन्यवाद एवम् थप सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला बचत संघ पाँचथरका अध्यक्ष जीवन गिरीले जिल्लाको समग्र सहकारीको अवस्था र समस्याको वारेमा प्रष्ट पर्नु भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप