पाँचथरको फिदिममा सदस्यसँग नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचथरको फिदिममा सदस्यसँग नेफ्स्कून

 फिदिम । तेह्रथुम र पाँचथर जिल्लाका सहकारीकर्मीहरुसँग नेफ्स्कूनद्वारा सहकारी अन्तरक्रिया गरिएको छ । जिल्ला बचत संघ तेह्रथुमको व्यवस्थापन सहयोगमा पाँचथरको फिदिममा आयोजित कार्यक्रममा दुबै जिल्लाका गरि २५ सहकारीकर्मीहरु उपस्थित थिए । 

कार्यक्रम जिल्ला बचत संघ पाँचथरका अध्यक्ष जीवन गिरीको अध्यक्षता, नेफ्स्कून अध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यता साथै सञ्चालक घनश्याम अधिकारी, गरिबी निवारण कोषका निवर्तमान उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझा र सञ्चालक लक्ष्मीप्रसाद भण्डारी साथै राष्ट्रिय सकारी वैंक फिदिम शाखा प्रतिनिधि नविन भट्टराईको आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले इलामको साकोस अभियानलाई थप दिगो र सुरक्षित बनाउन नेफ्स्कूनले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । हरेक पालिकामा नमूना साकोस बनाइ प्रकृतिको अनुपम इलामलाई साकोसको नमूना जिल्ला बनाउने अभियानमा सबैलाई लाग्न समेत अध्यक्ष पौड्यालले अनुरोध गर्नु भयो । अवको आवश्यकता नेतृत्वको साझा बुझाइ सहितको ऐक्यवद्धता हो र सो को कार्यान्वयन साकोस अभियानबाट पूर्ण रुपमा हुनु पर्ने भएकोले सबैले कार्यान्वयन गर्नु पर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो । 

अन्तरक्रियाको क्रममा नेफ्स्कून सञ्चालक घनश्याम अधिकारीले साकोस अभियानमा हाल देखिएका समस्याहरुको चर्चा गर्दै नियामक निकायमा क्षमता विकासको आवश्यकता भएको र सो नेफ्स्कूनले विकास गरी कार्यान्वयनमा ल्याइसकेको आधारशिला कार्यक्रम पाँचथर जिल्लाका सबै पालिकाहरुमा समन्वय गर्न समेत अनुरोध गर्नु भयो । साकोसहरुको लेखा परिक्षण समेत एकरुपता नभएको र केहीमा शुद्धता समेत नदेखिएको हुदा नेतृत्वले विशेष ध्यान पुर्याउन समेत अनुरोध गर्नु भएको थियो । छोटो समयको निमन्त्रणालाई स्वीकारी उपस्थित सम्पूर्ण साकोस अभियान कर्मीहरुलाई हार्दिक धन्यवाद एवम् थप सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला बचत संघ पाँचथरका अध्यक्ष जीवन गिरीले जिल्लाको समग्र सहकारीको अवस्था र समस्याको वारेमा प्रष्ट पर्नु भएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप