व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि मधेश प्रदेशमा सहकारी गोष्ठी हुने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि मधेश प्रदेशमा सहकारी गोष्ठी हुने 

काठमाडौं । सहकारीका समसामयिक समस्याहरुको विश्लेषण तथा समाधानका उपायहरु पहिल्याउने उद्देश्यसहित मधेश प्रदेशमा पहिलो पटक सहकारीका व्यवस्थापन प्रमुखहरुको प्रदेशस्तरीय गोष्ठी आयोजना हुने भएको छ । 

नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा वैशाख ७ गते नेफ्स्कूनको सर्लाही हरिवनस्थित सदस्य सेवा कार्यालयमा बसेको नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको वैठकले आगामी जेठ १३ गते महोत्तरीको बर्दिवासमा गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हुने गोष्ठीमा प्रदेशका ८ जिल्ला र सिन्धुलीको कमलामाई नगरपालिका भित्र सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरु गरी करिब २०० जनाको सहभागिता रहने जनाइएको छ । 

मधेश प्रदेशले पहिलो पटक आयोजना गर्न गईरहेको प्रदेशस्तरीय गोष्ठीले सहकारीका विद्यमान समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको साकोस म्यानेजर्स क्लब मधेश प्रदेशका कार्यसमिति संयोजक विनोद कुमार थापाले जानकारी गराउनुभयो । सहकारीमा पछिल्लो केही बर्षयता देखिएको तरलता अभावको समस्या समाधान र चुनौतिका लागि सहकारीले अपनाउनुपर्ने तरलता व्यवस्थापन रणनीति, सहकारीको प्रभावकारी वित्तीय सञ्चालनका लागि व्यवस्थापकहरुको भूमिका लगायतका विविध विषयसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत हुने क्लबका संयोजक थापाले बताउनुभयो । 

त्यसैगरि वैठकले प्रदेशभित्रका सहकारी संस्थाहरुलाई नियामक निकायहरुमा नियमित गर्नुपर्ने रिपोटिङबारे प्रशिक्षित गर्ने, सहकारीमा कम्तिमा १५ प्रतिशत तरलता कायम राख्न र सुरक्षित ऋण लगानीका लागि सचेतना अभिवृद्धि गर्ने, म्यानेजर्स क्लबमा सदस्य आवद्धता वृद्धि गराउने लगायतका निर्णयहरु गरेको थियो । क्लबले प्रदेशभित्र सञ्चालित सहकारीका व्यवस्थापकहरुको क्षमता अभिवृद्धिको पक्षमा काम गर्दै आइरहेको छ । नेफ्स्कून साकोस म्यानेजर्स क्लब–मधेश प्रदेश, नेफ्स्कून साकोस म्यानेजर्स क्लबको केन्द्रीय समिति अन्तर्गत बनेको प्रदेश स्तरीय संरचना हो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप