उत्तरी मोरङका साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्तरी मोरङका साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न

मोरङ । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आवद्ध कर्वस् मोरङ पहिलो क्लष्टरको ११ औैँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला केरावारी नारी विकास साकोस केरावारी, मोरङको आयोजना तथा नेफ्स्कून र जिल्ला बचत संघ मोरङको प्राविधिक सहयोगमा बैशाख १५ गते सम्पन्न भयो । कार्यक्रममा उत्तरी मोरङ लगायत क्षेत्रका ११ वटा साकोसबाट ४५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको अध्यक्षता आयोजक साकोसका अध्यक्ष सावित्रा चापागाँईले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता जिल्ला बचत संघ मोरङका सहसचिव युवराज दाहालले गर्नु भएको थियो साथै आतिथ्यता जिल्ला बचत संघ मोरङका संचालक सदस्य हरी कोइराला, लेखा सुपरिवेक्षण समिति सदस्य हेमबहादुर श्रेष्ठ र केरावारी गाउँपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बास्तोलाले गर्नु भएको थियो ।

केरावारी गाउँपालिकाका कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बास्तोलाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्दै गाउँपालिकाको सहकारी शाखाले गरेका महत्वपूर्ण एवम् उदाहरणीय कामको चर्चा गर्दै पालिका स्तरका ऐन, नियमावली, सहकारी अनुगमन तथा लेखा परीक्षण मापदण्ड एकीकरण कार्यविधि लगायतका कानुनी आधार तयार पारी काम गरीरहेको जानकारी दिनु भएको थियो । सीमित साधन र स्रोतको बाध्यताका विचमा पनि सघन अनुगमन सम्पन्न गरी सकिएको, सहकारी संस्थाहरुका लागि आवश्यक विभिन्न विषयसँग सम्बन्धित नमूना कार्यविधिहरुको तयारी अन्तिम चरणमा पुगेको कुरा समेत जानकारी गराउनु भएको थियो । 

जिल्ला बचत संघ मोरङका सहसचिव युवराज दाहालले जिल्ला बचत संघले लिएको कार्यदिशाबारे चर्चा गर्दै कर्ब्स मोरङ पहिलो क्लष्टरमा आवद्ध सम्पूर्ण साकोसलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । स्थानीय नियामक निकायले गरेका कामहरु हेर्दा केरावारी गाउँपालिकाले उदाहरणीय काम गर्दै आएको साथै संघहरुसँग सहकार्य गर्न सकेमा थप सहज हुने भएकोले आवश्यक समन्वय गर्न समेत आग्रह गर्नु भएको थियो । मन्तव्यकै क्रममा उहाँले संघहरु अभियान र नियामक निकायको समेत साझा बुझाइ सहितको क्षमता विकासको मुख्य उद्देश्य राखेर कसरत गरी रहेको हुनाले पनि नियामक निकायमा भएको सिमित स्रोत र साधनलाई सहयोग पुग्ने धारण राख्नु भएको थियो । अन्य स्थानीय तहले पनि केरावारीबाट योजना र इच्छा शक्ति सहित काम गर्न सकेमा छिट्टै सकारात्मक परिणाम आउने निश्चित भएको विचार व्यक्त गर्नु भएको थियो । यसका लागि नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन गदैँ आएको आधारशिला कार्यक्रम समेत उत्तम विकल्प हुने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु हुने आयोजक साकोसका अध्यक्षले उद्घाटन सत्रको समापन मन्तव्यमा कर्वस् कार्यक्रम मार्फत भएका सकारात्मक परिवर्तनका लागि छाता संघहरुलाई धन्यवाद व्यक्त गर्दै हाल देखिएको ऋण असुलीको समस्यालाई समेत सहजता प्रदानको अपेक्षा गर्नु भएको थियो । उद्घाटन कार्यक्रमको संचालन आयोजक साकोसका सचिव गीता काप्रीले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत द्धय रामकृष्ण भट्टराई र पवन घिमिरे र जिल्ला बचत संघ मोरङ कार्यक्रम अधिकृत रामकुमार दाहालले गर्नुभएको थियो ।

उक्त कार्याशालामा सहभागिहरुले भाखा नाघेको ऋण व्यवस्थापनको लागि हालको लगानी प्रकृयालाई समयानुकुल अद्यावधिक गराई ऋण लगानी गर्ने र जोखिम व्यवस्थापनको लागि कोषको व्यवस्था पूर्ण गर्ने, ऋण आन्तरीक कार्यविधि समयानुकुल अध्यावधिक गरी औषत ऋण रकमलाई समेत ध्यान दिदै सदस्यको क्षमतामा आधारित मात्र ऋण लगानी गर्ने साथै ऋण परामर्शलाई अनिवार्य गर्ने, ऋण लगानी गर्न अगाडि नै कानूनी सिमाहरुलाई ध्यान दिने र सोहि अनुसारका कागजातहरु अध्यावधिक गर्ने, सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने, सदस्यसँगको सुमधुर सम्वन्धको लागि सदस्य शिक्षा, विस्तारीत मञ्च, सदस्यसँग नियमित भेटघाट तथा अन्तरक्रिया लगायतका क्रियाकलाप निरन्तर गरी राख्ने निर्णय गर्दै आगामी १२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला पञ्चमुखी साकोस मोरङको आयोजनामा गर्ने समेत निर्णय भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप