विभागले साकोसहरूको राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विभागले साकोसहरूको राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय–सहकारी विभागले साकोसहरुको राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम - प्रोबेसन प्रमाणीकरण गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले २०६९ सालदेखि साकोसहरुको गुणात्मक बृद्धिका लागि सुरुवात गरेको प्रोबेसन कार्यक्रम सुरुमा सहकारी विभागसँगको सहकार्यमै सञ्चालनमा थियो । 

वैशाख २६ गते विभागमा आयोजित एक संक्षिप्त कार्यक्रमका अवसरमा विभाग र नेफ्स्कूनबीच प्रोबेसन कार्यक्रम प्रमाणीकरण सम्बन्धमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा  विभागका रजिष्ट्रार नमराज घिमिरे, उपरजिष्ट्रार टोलराज उपाध्याय र नेफ्स्कूनबाट अध्यक्ष परितोष पौड्याल सहित पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सहकारी ऐन, २०७४ को दफा २५ (ङ) को कार्यान्वयनका लागि बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुमा आन्तरिक सुशासन प्रवर्धन गर्दै सहकारी संस्थाहरुको स्तरीकरणका लागि स्वः नियमनको सिद्धान्तमा आधारित भएर स्तरमान परिक्षण गर्ने र सो को प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्न विभागसँगको सहकार्यलाई अगाडि बढाइएको नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सीनाले जानकारी गराउनुभयो । विभागसँगको सहकार्यबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको सेवालाई थप सुरक्षित र गुणस्तरीय बनाउन प्रोबेसन प्रमाणीकरण कार्यक्रम कोशेढुङ्गा बन्ने संघले जनाएको छ । 

साकोसहरुको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा हाल २ सय ४४ साकोस आबद्ध छन् । गत बर्ष २४ साकोसले प्रोबेसन ब्राण्ड प्राप्त गरेका थिए भने यस बर्ष ८ साकोस ब्राण्ड प्राप्त गर्न सफल भएका थिए । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप