सहकारीले सदस्यहरूलाई उत्पादनतर्फ अग्रसर बनाउनुपर्छ : अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले सदस्यहरूलाई उत्पादनतर्फ अग्रसर बनाउनुपर्छ : अध्यक्ष पौड्याल

ललितपुर । प्रोबेसन वागमती क्लष्टर पहिलोको २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंलगतबार सम्पन्न भएको छ । नवयुवा साकोस ललितपुर पाटनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष अशोक महर्जनले गर्नुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लष्टरमा आबद्ध ६ साकोसबाट ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारी र कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई उत्पादनमा जोड्न र उद्यमी बनाउन नसक्नुको परिणाम आज वित्तीय चुनौति रहेको बताउनुभयो । हामीले सदस्यहरुको आर्थिक जीवनमा रुपान्तरण ल्याउन सकेनौं, त्यसकारण आज वित्त व्यवस्थापन समस्याग्रस्त बनेको छ, यसले भोलिका दिन अझ चुनौतिपूर्ण हुनेछन् । उहाँले भन्नुभयो, सदस्यहरुलाई आर्थिक जिवनसँग जोड्ने काम सँगसँगै सामाजिक एकता कायम गर्ने र असल संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो । सहकारीले सदस्यहरुलाई उत्पानदतर्फ अग्रसर बनाउँदै प्राथमिक वस्तुको उत्पादन र प्रशोधन कार्यमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

अध्यक्ष पौड्यालले सहकारीमा स्वः सहयोग, स्वः शासन र स्वः उत्तरदायित्व महत्वपूर्ण रहेको बताउँदै सहकारीका विद्यमान समस्याको समाधान सहकारीका सदस्य नै भएकोले संस्था र सदस्य बीचको सम्बन्ध प्रगााढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो । हाल देखिएको समस्याको एउटा मुख्य कारण केही साकोसहरु सुशासनमा चल्न नसक्नु पनि रहेको तर्फ इंकित गर्दै हरेक सहकारीहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्दै चल्नुपर्नेमा जोड दिनुभएको थियो । 

आयोजक साकोसका अध्यक्ष अशोक महर्जनले संस्थाहरु नीति र विधिमा नचल्दाको परिणामस्वरुप केही संस्थाहरुमा समस्या आएको बताउनुभयो । उहाले सहकारी मार्फत सदस्यको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप