कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । कैलालीमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सहकारी क्षेत्रको चुनौति र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया सञ्चालन भएको छ । संघको कञ्चनपुर सदस्य सेवा कार्यालय र धनगढी सेवा केन्द्रको सयुक्त आयोजनामा सञ्चालित कार्यक्रम नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशी, जिवसराज खड्का, फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, जगदिस भट्ट, प्रेमलता देबी गौतम, युवा परिचालन सदस्य दिप्ती शाही, कैलाली जिल्ला बचत संघका सदस्य मनमोहन विष्ट, सि ए सी कैलालीका उपाध्यक्ष लाल बहादुर भण्डारी, अनुगमन अधिकृत दिपक अर्याल लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारी क्षेत्रका विद्यमान समस्या समाधानमा नेतृत्वको भुमिका महत्वपूर्ण भएकोले सबै सहकारी अभियानकर्मीले सहकारीको मर्म र भावना अनुरुप कार्य गर्नमा जोड दिनुभयो । उहाँले सदस्य र संस्थाबीचको सुमधुर सम्बन्धबाट मात्रै सबै समस्या हल हुन सक्ने भएकोले संस्थाले सदस्य शिक्षा र सम्बन्धमा विकासमा ध्यान दिन अनुरोध गर्नुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहकारीको विद्यमान चुनौतिलाई सामना गर्दै दिगो र संस्थागत विकासका लागि अभियान तथा नेतृत्व वर्ग अब सचेत भएर सहकारी र सदस्यको हितका कार्यक्रममा जोडबलका साथ लाग्नुपर्ने बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक सदस्य माधव जोशीले देशको आर्थिक संकटको प्रभाव सबै ठाउँमा परेकोले सहकारी क्षेत्रमा पनि समस्या रहेको हो भन्ने सबैले बुझ्नुपर्ने बताउँदै संस्थाको दिगो विकासमा सदस्य र सञ्चालकबीचको सुझवुझपूर्ण कार्य अनिवार्य रहेको बताउनुभयो । 

सञ्चालक सदस्य जिवस खड्काले सहकारी ऐन भित्र रहेर नेतृत्व तथा अभियानले कार्य गनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कञ्चनपुर र कैलाली जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगीले र व्यवस्थापन धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप