मकवानपुरमा साइबर सुरक्षा सम्बन्धी गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा साइबर सुरक्षा सम्बन्धी गोष्ठी सञ्चालन

हेटौंडा । मकवानपुरमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि साइबर सुरक्षा सम्बन्धी गोष्ठी सञ्चालन गरिएको छ । शुक्रबार नेफ्स्कून सदस्य सेवा कार्यालय मकवानपुरले  आयोजना गरेको उक्त गोष्ठीमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरि ४९ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक एवम् फिल्ड उपसमिति संयोजक बिद्या कोइरालाले र उद्घाटन अतिथि मकवानपुर जिल्ला बचत संघकी उपाध्यक्ष मिना चौरेलले गर्नुभएको थियो । 

कार्यक्रमका अतिथि  मिना चौरेलले संघहरुले समसमायिक बिषयमा तालिम तथा गोष्ठिहरु आयोजना गरि सदस्यहरुको हितमा कार्य गरिरहेको अत्यन्त सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले सहकारीका सिद्धान्त र केन्द्रीय संघहरुले निर्देशित गरेका विषयहरुको पूर्ण परिपालनामा ध्यान दिँदै नीति विधि प्रविधिमा रहि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका अथिति, नेफ्स्कून केन्द्रिय महिला उद्यमशिलता उपसमिति सदस्य बिष्णुमाया लामाले सदस्यहरुले अहिलेको आर्थिक मन्दिमा सदस्य सँग प्रत्यक्ष भेटघाट गर्ने, सदस्य सँग जोडिने कार्यक्रमहरु सञ्चालन गरि सदस्यहरुलाई साकोसको अपनत्व गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

अथिति नेफ्स्कूनकी सञ्चालक कोइरालाले सदस्य सँग नेफ्स्कून कार्यक्रम जिल्ला जिल्लामा सञ्चालन भइरहेको र यसले सदस्य सम्बन्ध विकासमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । उहाँले कोभिड पछि प्रविधिको व्यापक प्रयोग बढीरहेको र साकोसले प्रविधि प्रयोग गर्दा के कस्ता समस्या आउन सक्छने, के कस्ता जोखिम बढ्न सक्छन्, त्यसको समाधानको बिषयमा साइबर सुरक्षाको जानकारी महत्वपूर्ण हुने बताउनुभयो ।  

कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्य बिजय बहादुर बस्नेत, राजु गौतम लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

सहकारीमा साइबर सुरक्षाको आवश्यकता र चुनौतिका विषयमा नेफ्स्कूनका बरिष्ठ प्राविधिक अधिकृत शितल थपलियाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन सदस्य सेवा कार्यालयकी प्रमुख ज्योति महतले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप