स्थापना दिवसका अवसरमा नव सिद्धार्थको रक्तदान तथा स्वास्थ्य परिक्षण सेवा, ७२ यूनिट रगत संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा नव सिद्धार्थको रक्तदान तथा स्वास्थ्य परिक्षण सेवा, ७२ यूनिट रगत संकलन

पोखरा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ८ वगालेटोलमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले २१औ स्थापना दिवस को अवसरमा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक कुस्मा राणाले जानकारी दिनुभयो । 

सोहि अवसरमा आयोजित स्वास्थ्य परिक्षणमा १२५ जनाले स्वास्थ्य जाँच गराउनुभएको तथा  ४९ जनाले होल वडि चेकअप गर्नुभएको थियो ।  सहकारीको वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको संस्थाका व्यवस्थापक खेमराज अधिारीले  जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी स्थापना देखि निरन्तर सदस्यको हित र सामाजिक कार्यमा सक्रिय संस्था रहेको वताउदै सहकारीको वास्तविक मर्म नव सिद्धार्थले साकार पारेको भनाई रख्नुभयो । 

संस्थाका अध्यक्ष भवानी श्रेष्ठ माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा मनपा वडा नं ४ का जनप्रतिनिधि पार्वती माकाजु, संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम संयोजक कुस्मा राणाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा  शिक्षा उप समिति संयोजक मिरा पराजुलीले सहकारी सिद्धान्त वाचन, सचिव र सहसचिव डाल्डादेवि भुजेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप