मोरङमा साकोसहरूका लागि धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङमा साकोसहरूका लागि धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सञ्चालन

जेष्ठ ६ । मोरङमा धितो जग्गाको नक्सा नापजाँच सम्बन्धी तालिम सम्पन्न भएको छ । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सञ्चालित तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २९ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बचत तथा ऋण सहकारी संस्थाहरुका लागि लक्षित गरि आयोजना गरिएको उक्त तालिम उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघ मोरङका सचिव जीवन बस्नेतले गर्नुभएको थियो । 

तालिमको सहजीकरण नापी कार्यालय बेलबारीका सर्वेक्षक आकाशकुमार शाहले गर्नु भएको थियो । तालिमको पहिलो र दोश्रो सत्र नक्सा अध्ययन सम्बन्धी थियो भने तेश्रो र चौथो सत्रमा धितो जग्गाको अवस्था र नक्सामा कसरी जग्गाको क्षेत्रफल हेर्ने र जग्गाधनी पूर्जामा भएको क्षेत्रफलसँग भिडान गर्ने तथा सुरक्षित धितोका विषयमा तालिम प्रदान गरिएको थियो । 

उक्त तालिम जिल्ला बचत संघ मोरङले पहिलो पटक सञ्चालन गरेको थियो । तालिममा सहभागी प्रतिनिधिहरु सबै तालिमप्रति निकै उत्सुक र सकारात्मक देखिएका थिए । तालिम पश्चात सहभागी प्रतिनिधिहरु मध्येबाट दुई जनाले तालिमको प्रभावकारीताका विषयमा सकारात्मक बुझाइहरुबारे आफ्ना भनाई राख्नुभएको थियो । तालिम मागका आधारमा आगामी दिनमा थप तालिम आयोजना गरिने पनि संघले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप