सिद्धि गणेश साकोसको ४ बर्षे व्यवसायिक योजना निर्माण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसको ४ बर्षे व्यवसायिक योजना निर्माण

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको ४ बर्षे व्यावसायिक योजना निर्माण कार्य जेष्ठ १३ गते शनिबार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको उक्त गोष्ठीमा साकोसका सञ्चालक समिति, उपसमिति र बरिष्ठ कर्मचारीहरुको सहभागितासहित आ.व. २०८०/०८१ देखि आ.व. २०८३/०८४ सम्मका लागि ४ बर्षे व्यवसायिक योजना तर्जुमा कार्य सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष एवं गोष्ठीका सभापति रुद नारायण लाखाले विगतको ४ वर्षे व्यवसायिक योजनाको समिक्षाको तथा आवश्यक नीतिगत संशोधन गरी अगामी दिनहरुमा सदस्य केन्द्रित भई अगाडि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रविधिलाई आत्मसात गरि सदस्यहरुलाई वित्तीय साक्षरताका साथसाथै प्रविधि साक्षरताको कक्षा सञ्चालन गरि सर्वोत्कृष्ट वित्तीय समाधानको लागि सिद्धि गणेश हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्यका साथै विगतको कोभिड र आर्थिक मन्दीका कारणले गर्दा समय समयमा ४ वर्षे व्यवसायिक योजनामा पुनरोवलोकन गर्नुपरेको कुरा जानकारी गराउदै  व्यवसायिक योजना महत्वकांक्षी नभई हासिल गर्न सकिने किसिमको लक्ष्य तय गरि अगाडि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।  

संस्थाको सबल पक्ष र दुर्बल पक्ष बारेमा सहभागीहरुको ५ वटा समूह बनाई समूह कार्य गरि आगामी दिनमा सबल पक्षलाई निरन्तरता दिदै दुर्बल पक्षमा सुधार गर्नुपर्ने निष्कर्ष सहित सम्पन्न भएको थियो । गोष्ठीको सहजीकरण नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेम नाथ वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप