मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी सम्पन्न, सुरक्षित र दिगो साकोस निर्माणको प्रतिबद्धता सहित ७ बुँदे घोषणापत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी सम्पन्न, सुरक्षित र दिगो साकोस निर्माणको प्रतिबद्धता सहित ७ बुँदे घोषणापत्र जारी

महोत्तरी । मधेश प्रदेश स्तरीय साकोस ब्यवस्थापन प्रमुखहरु को गोष्ठी (CEO WORKHSHOP) सुरक्षित र दिगो साकोस निर्माणको प्रतिबद्धता सहित ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लब मधेश प्रदेशको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा महोत्तरीको बर्दिबासमा आज सम्पन्न गोष्ठी प्रदेशमै पहिलो गोष्ठीको रुपमा रहेको छ । 

गोष्ठी साकोस म्यानेजर्स क्लव मधेस प्रदेशका संयोजक बिनोद थापाको अध्यक्षता,  मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहको प्रमुख आतिथ्यता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका अतिथिहरुमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, महासचिव दामोदर अधिकारी, सदस्य गोमा नेपाल र पुर्व कोषाध्यक्ष तथा आर्थिक बिश्लेषक केशव पोखरेल लागायतको स्थानीय सहकारीकर्मीहरुको आतिथ्यता रहेको थियो ।

गोष्ठीमा मधेस प्रदेशका ८ वटै जिल्लाबाट साकोसका प्रमुखहरुको उत्साहजनक सहभागिता रहेको थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीबाट ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ र पूर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेलबाट ‘साकोसमा वित्तीय दिगोपनका लागि जोखिम व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत भएको थियो । त्यसैगरि व्यवस्थापनको पक्षबाट नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘नेपालमा साकोस अभियानको विकास र चुनौति’ तथा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष के.बीं लामाले ‘पेशागत दक्षता र व्यवस्थापनको विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी (मधेश प्रदेश)–२०८० 
घोषणा पत्र

“नेफ्स्कून साकोस म्यानेजर्स क्लब’ नेफ्स्कूनका सदस्य संघ संस्थाहरुमा कार्यरत मानव संशाधनको विकास र परिचालन गरी साकोस अभियानमा नविनतम् अभ्यास तथा सिकाईहरुको प्रवर्धन र अबलम्बन गर्दै साकोसमा कार्यरत सम्पूर्ण व्यवस्थापनको क्षमता, कार्य सम्पादनको स्तर र योगदान अभिवृद्धि गर्ने र साकोसहरुको कार्यसञ्चालनमा एकरुपता तथा स्तरीयता ल्याउन सहयोग पुर्याउने उद्देश्यले गठित एक सुज नेटवर्क हो । यसै परिप्रेक्ष्यमा मधेश प्रदेशमा गठित प्रदेश स्तरीय नेफ्स्कून साकोस म्यानेजर्स क्लवद्वारा पहिलो प्रयत्न स्वरूप प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठी (मधेश प्रदेश) २०८०, जेठ १३ गते सम्पन्न गरी यो साझा घोषणा पत्र जारी गरी व्यवहारिक रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध छौ । 

१. साकोसमा सुशासन तथा स्वनियमन स्थापित गर्दै सहकारी ऐन नियम, मुल्य मान्यता र सिद्धान्त, नेफ्स्कूनले जारी गरेको एकिकृत स्वनियम मार्गनिर्देशनको पूर्ण पालना र सम्मानित स्तरीकरण कार्यक्रमहरुमा आवद्ध भई सहकारी आदर्शबाट सबल, सुरक्षित र दिगो संस्था संचालन गर्न प्रतिबद्ध छौं । 

२. संस्थामा कार्यरत मानव संशाधनको सक्षमता विकास र स्तरीकरण गरी साझा प्रविधिमा आधारित वित्तीय तथा गैह वित्तीय सेवाहरु प्रवाह गरी सदस्य सन्तुष्टिमा केन्द्रीत प्रतिवद्ध छौ । 

३. नेफ्स्कूनद्वारा संचालित केन्द्रीय अन्तरलगानी, स्थिरिकरण कोष तथा स्तरीकरण कार्यक्रममा सहभागिता जनाउदै आ–आफ्ना साकोसमा एकरुपता प्रणाली स्थापित गर्न प्रतिवद्ध छौ
४. साकोसको वित्तीय दिगोपना र छवि निमाणका लागि पर्ल्स अनुगमन प्रणालीलाई पूर्ण पालना गर्दै पूँजी तथा दायित्व र सम्पत्तिको उचित व्यवस्थापन गरी वित्तीय सुरक्षाको प्रत्याभूति प्रदान गर्न प्रतिवद्ध छौं ।

५. संस्थाको भुक्तानी क्षमता तथा सदस्यहरुको आर्थिक सक्षमता वृद्धि गरी वर्तमान चुनौतिहरुको सामना गर्दै सस्थाको छवि तथा अभियानको छवि संरक्षण गर्न प्रतिवद्ध छौ । 

६. व्यवस्थापनको उत्पादकत्व क्षमता मूद्धि गरी संस्थाको आन्तरिक व्यवसायलाई सुदृढ बनाउन प्रतिबद्ध छौं । 

७. मानव संशाधनको उचित व्यवस्थापन र परिचालनमा पूर्ण सुशासन कायम गरी संस्थामा सदस्य सहभागिता स्तर बृद्धि र सदस्यसको दिगो सम्बन्ध स्थापित गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध छौं । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप