सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 

काठमाडौं । नेपालको सहकारी तथा साकोस अभियानबारे जानकारी लिन बङ्लादेशी बचत तथा ऋण सहकारीकर्मी र सरकारी अधिकारी सम्मिलित १४ सदस्यीय टोली ६ दिने सद्भावना भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेको छ । 

भ्रमणमा जिल्ला सहकारी कार्यालयका अधिकृतसहित बङ्गलादेशी केन्द्रीय बचत तथा ऋण सहकारी संघ लि.अर्थात् द कोअपरेटिभ क्रेडिट युनियन लीग अफ बङ्लादेश (कल्ब) का सञ्चालक तथा कर्मचारी, विभिन्न प्रारम्भिक बचत ऋण सहकारीका अध्यक्ष तथा कर्मचारी सम्मिलित छन् । बङ्गलादेशको सहकारी विभागका उप–रजिष्ट्रार भने आगामी सोमबार नेपाल आउने कार्यक्रम छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र द कोअपरेटिभ क्रेडिट युनियन लीग अफ बङ्लादेश (कल्ब) बीच विगत डेढदशक भन्दा अघिदेखि सौहार्दपूर्ण  पारस्परिक सम्बन्ध रहँदै आएको छ । दक्षिण एशियाका दुई असल छिमेकीका बचत ऋण सहकारीहरुका शीर्ष संघबीच एक अर्काको साकोस अभियानका असल अभ्यासहरु सद्भावना भ्रमणमार्फत आन्तरिकीकरण गर्ने संस्कृति विकास भएको छ । त्यसैको निरन्तरता स्वरुप दुई केन्द्रीय संघबीच भएको यो २७औं सद्भावना भ्रमण हो । गत वर्ष असारमा नेफ्स्कून र सरकारी अधिकारीहरु सम्मिलित टोलीले बङ्गालदेश भ्रमण गरेको थियो ।

टोलीलाई नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु र सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालमा रहँदा बङ्लादेशी टोलीले सहकारी विभाग र नेफ्स्कूनका अतिरिक्त दोलखा, रामेछाप र काभ्रेका विभिन्न साकोसहरुको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप