झापामा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सञ्चालन

झापा । दमकमा साकोसहरुबीच मिरा ईआरपी सफ्टवेयर सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कून, रारा डिजिटल ल्याव र निसोसिस प्रा.लि.को संयुक्त पहलमा एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सफ्टवेयर साकोस सञ्चालनमा अत्यन्त प्रभावकारी सफ्टवेयर रहने विश्वास लिइएको छ । कार्यक्रममा मोरङ र झपामा सञ्चालित विभिन्न ७० बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापकहरु गरी १०४ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रम नेफस्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षतामा शुरु भएको थियो । अध्यक्ष अधिकारीले बचत तथा ऋण सहकारीको क्षेत्रमा सम्पूर्ण समाधान सहितको आधुनिक नयाँ प्रविधि मिरा ईआरपीले सहकारी सञ्चालनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता ल्याउनुको साथै सुशासन कायम गर्नमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।  उहाँले मिरा ईआरपी सफ्टवेयर एकिकृत साझा सञ्जालका लागि साझा प्रविधिको विकास गर्ने उद्देश्यसहित निर्माण भएको र यसमा सम्पूर्ण साकोसहरु सहभागी भई सेवा लिन अनुरोध गर्नुभयो । 

नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै साकोसहरुमा एकीकृत प्रविधि प्रयोग मार्फत एकरुपता हुने बताउनुभयो । 

नियोसिस टेक्नोलोजि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा.भोज राज घिमिरे र रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरेले मिरा इआरपी सफ्टवेयरको विशेषता, एकीकृत प्रविधि प्रयोगको फाइदा र फिचरहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य रिना आचार्य, नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य चन्द्रा खड्का भट्टराई, जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोईराला साथै झापा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्यहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन झापा सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत मुकेश दाहालले गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१६ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप