चन्द्रागिरि र विन्धवासिनी साकोस बीच भगिनी सम्बन्ध स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि र विन्धवासिनी साकोस बीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं । चन्द्रागिरि ७, काठमाडौं स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोक स्थित विन्धावासिनी बचत तथा ऋण सहकारी संस्था बीच भगिनी सम्बन्ध स्थापना भएको छ । श्रावण १ गते आर्थिक वर्ष २०८०/०८१ को सुरुवातकै दिन चन्द्रागिरिको मुख्य कार्यालय थानकोटमा आयोजित एक कार्यक्रमका बीच चन्द्रागिरि र विन्धवासिनी दुवै साकोसका अध्यक्षहरु क्रमशः योगेन्द्रकुमार कुँवर र शान्तकुमार श्रेष्ठ तथा दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु कृष्णकुमार श्रेष्ठ र के.बि. लामा स्याङ्तानले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

दुवै संस्थाले एक अर्काको संस्थागत पहिचानको उच्च सम्मान गर्दै सरोकारवालाहरुकोबीच दुवै संस्थाले एक अर्काको साख अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, उच्च व्यवस्थापन, कर्मचारी र सदस्यहरुकाबीच आपसमा अध्ययन, अवलोकन, तालिम तथा क्षमता अभिवृद्धि आदि जस्ता संस्थागत लगायत औपचारिक, अनौपचारिक कार्यक्रमहरुमा परस्परमा सहभागी गराई एकापसमा सामाजिकीकरणको अवसर उपलब्ध गराउने उद्देश्यले उक्त भगिनी सम्बन्ध स्थापना भएको साकोसले जनाएको छ ।

एक अर्काले प्रयोगमा ल्याएका नीति, विधि, प्रविधि तथा अभ्यासहरु आपसी सहमतिमा कार्यान्वयनमा ल्याई दुवै संस्थालाई व्यावसायिक, सुशासनयुक्त, स्वअनुशासित, प्रविधिमैत्री र जोखिममुक्त बनाउन रचनात्मक योगदान गर्ने, साझा कार्यक्षेत्रभित्र रहेका सदस्यहरुकाबीच दोहोरो लगानी नगर्ने र दोहोरो सदस्यता तथा लगानी रहेको पाइएमा त्यसलाई उच्च प्राथमिकतामा राखी क्रमशः समायोजन गर्दै जाने,

सहकारी ऐन,नियमावली, निर्देशन तथा मापदण्ड, नियामक निकाय, छाता सङ्गठनले गर्ने परिपत्र, दिने निर्देशन एवं सहकारी सम्बद्ध क्षेत्रीय, अन्तर्राष्ट्रिय सिद्धान्तहरुको परिधि र मर्यादाभित्र रहेर सहकारी अभियानको साख वृद्धिमा संयुक्तरुपमा उल्लेख्य योगदान पुर्याउने, 

दुवै संस्थाहरुले आ–आफ्ना सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्न उपयोेगी हुने खालको समान प्रकारको वस्तु तथा सेवा विकासका अवसरहरु संयुक्त रुपमा खोजी गर्ने र आकस्मिक अवस्थाहरुमा दुवै संस्था निर्वाध रुपमा सञ्चालन गर्न विपत् व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धी ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने  आदि जस्ता कार्यहरु दुवै संस्थाहरु मिलेर गर्नेछन् ।

चन्द्रागिरि साकोसले यस अघि बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. र पोखरा स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थासंग पनि भगिनी सम्बन्ध स्थापना गरी सहकारीता, पारस्पारिकता र आपसी समझदारी कायम गर्दै आईरहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप