सहकारीको 'बैंक' बन्ने प्रवृत्ति अन्त्य हुनु जरुरी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको 'बैंक' बन्ने प्रवृत्ति अन्त्य हुनु जरुरी

दीर्घकालिन रुपमा सहकारीको कारोबार बैंकिङ शैलीबाट पुनः सहकारी शैलीमा रुपान्तरण हुनु जरुरी छ । सहकारीमा मासिक बचतको महत्व वेग्लै छ । बचतका विभिन्न खातामध्ये उक्त नियमित मासिक खाताको प्रतिशत सबैभन्दा माथि हुनुपर्दछ । यसले सहकारीको स्थायित्वमा भूमिका खेल्छ । यसैगरी संस्थाको जगेडा कोष अन्य कोषहरु संस्थाको सबैभन्दा बलियो शक्ति हो । सोही कोषहरुको कारण संस्थाको स्थायित्व सहज हुन्छ । 


ए नानी कता काम गर्छौ रे तिमी ? 
हजुर, म त सहकारीमा काम गर्छु । 
ए हो र, भन त नानी तिम्रो सहकारी कहिले भाग्छ त ? 
अक्क न बक्क भई उत्तर आउँछ,  हामी त्यस्तो छैनौ नि ! 
सबैका उत्तर यस्तै छन्, तर कुनै पनि दिन सहकारी नभागेको समाचार आउँदैन त नानी ! 
त्यस्तो होइन, सबै सहकारी त्यस्ता छैनन्, त्यसैले सहकारी छानेर, बुझेर मात्र कारोबार गर्नुपर्छ नि ! 

यो कुराकानी आजकल नियमित हुने गर्दछ, सहकारी र जनताका बीचमा । नहोस् पनि किन, आर्थिक कारोबार ठूलो बनाउन व्यापारिक चहपहल हुने स्थानमा पैसाकै लागि कलेक्सन काउन्टर स्थापना भए । केही बर्षमै सामान्य हल्लाले पैसा दिन नसक्ने भएर कतिपय सहकारीको भागाभाग भयो । ती सहकारीका सटरमा ताल्चा लागे । सञ्चालकहरु वेपत्ता भए । बचतकर्ताको बिचल्ली भयो । व्यवसायका लागि रकम जम्मा गर्नेको बेहाल भयो । व्याजको लोभमा साँवा पनि सकियो । कतिपयको विल्लीबाठ भयो । 
यही बीचमा कतिपय सहकारी ठाँटले उभिएका छन् । आउनोस् तपाईको बचत फिर्ता पाउँनु तपाईको अधिकार हो । लानोस् कुनै चिन्ता छैन भन्ने सहकारी अझै गाउँ शहरमा प्रशस्त भेटिन्छन् । यसको अर्थ बलिया सहकारीको कमी छैन । 

केही बर्ष अघिसम्मको कुरा फरक थियो । सहकारी दर्ता गर्न नपाएर कतिपय छटपटिएका थिए । तर आज समय फरक बन्यो । बचतकर्ताले कहिले रकम फिर्ता माग्ला र के उत्तर दिने भन्ने पीर कतिपय सहकारीका कर्मचारी र सञ्चालकलाई छ । 

आखिर किन विग्रियो सहकारी ? सहकारीको त्यो बढ्दो साख एक्कासि किन घट्यो ? 

यसको उत्तर सबैसँग छ । स्वनियमको पालना भएन, नियामक निकायबाट नियमन हुन सकेन । बजारमा जति ठूलो भाषण गरेपनि सञ्चालक भएपछि फाइदा उठाउनैपर्ने भन्ने भान परेपछि समस्या आउनु अस्वभाविक होइन । सहकारीलाई व्यवसाय र आम्दानीको स्रोत देख्ने एक जमातका कारण समस्या कुनै समय आउने पक्का थियो तर अर्थतन्त्रका सूचक नकारात्मक भईरहदा समस्या सोचेभन्दा छिटो आएको विश्लेषण गर्न सकिन्छ । 

आखिर किन आयो त समस्या ?

१) बैंकिङ प्रणालीगत कारोबार 

मुलुकमा अर्बौको कारोबार गर्ने सहकारीको संख्या पनि उल्लेख्य छ । ५ करोडभन्दा माथि कारोबार गर्ने सहकारी संस्था हजारौं छन । एक दशक अघिदेखी सहकारीको बचत बैंकिङ प्रणालीभन्दा बलियो मान्न थालियो । बजारमा पैसा भएर पनि लगानी गर्न नसक्ने र नचाहने दुवैले १२ प्रतिशतदेखी १६ प्रतिशतभन्दा बढीसम्मको व्याज आम्दानीको लोभले बचत जम्मा हुन थाल्यो । सहकारी संस्थालाई सञ्चालकहरुले सहकारी नभएर आफुलाई बैंकको पर्यायवाची बनाउने प्रयास गरे । सहकारीमा सदस्यहरुको समान बचत भन्ने मान्यता हरायो । जसले पैसा ल्याउछ, उसैलाई पुजा गर्न थालियो । यहीबाट सहकारीमा समस्या शुरु भयो । 

२) कमजोर जग 

सहकारी संस्थाको सबैभन्दा बलियो पक्ष हरेक शेयर सदस्यको बराबर शेयर र नियमित बचत हुनुपर्ने हो । एक सक्षम सहकारीको कुल पुँजीमध्ये १० प्रतिशत शेयर, कम्तिमा ३० प्रतिशत नियमित बचत र कम्तिमा २० प्रतिशत विभिन्न कोषमा जम्मा हुने रकम हो भने बाँकी ४० प्रतिशत रकम मात्र छिटो फिर्ता हुने रकम हुनुपर्छ । त्यसमा करिब २० प्रतिशत तरलतामा राखिँदा सहकारीमा मात्र २० प्रतिशत दायित्वका लागि मात्र सोच्नुपर्ने हुन्छ । तर यस्तो हुनुपर्ने बैंकिङ प्रणालीमा हुने जस्तै जुनसुकै बेलामा जम्मा गर्न र झिक्न मिल्ने खालका बचत खाता हाबी हुन थाले । फलस्वरुप कहिले तरलता आकाशिने र कहिले तरलता कमी हुन थाल्यो । सञ्चालक समिति र प्रशासन दुवैको टाउको दुखाइ यसैमा हुन थाल्यो । 

३) अनधिकृत कारोबारमा हिस्सा 

मुलुकमा करिब डेढ दशक घरजग्गा कारोबार मौलायो । बैंकमा कारोबार गर्दा कर तिरेको सम्पत्ति मात्र देखाउन पाइने भएपछि कतिको पैसा राख्ने स्थान सहकारी भयो । यस्तै कारोबारका लागि सहकारी स्थापना गर्ने प्रवृत्ति बढेर गयो । सहकारीको सिद्धान्त शिथिल भयो । जहाँबाट आएपनि पैसा आउने र छोटो अवधिमा पैसा कमाउने उद्देश्य हावी हुन थाल्यो । यसले सहकारीलाई वैधानिकताबाट अवैधानिक बाटोतर्फ धकेल्यो । 

४) लगानीमा अनुशासनहीनता  

यही प्रयासमा सहकारीको रकम लगानी हुनुको साटो प्रयोग हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । सहकारीको रकम सही क्षेत्रमा सुरक्षित लगानी हुनुको साटो रकम आफन्तलाई सञ्चालकको इच्छाले बाँडियो । बास्तविक रुपमा अन्यथा नमान्ने हो भने सहकारीमा लगानी भएन, पैसा बाँडियो । यसले सहकारीमा अनुशासनहीनता उत्कर्षमा पुर्यायो । 

५) ऋण लिनेको बचत नगर्ने प्रवृत्ति

 सहकारीमा दुइ प्रकारका सदस्यहरु बढ्दै गएका छन् । बचत गर्नेले ऋण नलिने र ऋण लिनेले बचत नै नगर्ने । नियमित बचत गर्ने सदस्य कर्जाग्राही बनेपछि बचत नै नगर्ने प्रवृत्तिले सहकारीको सीमामा तरबार लगाएको छ । 

६) बजारमा निर्भर कारोबार 

सहकारीको आधार सदस्य हुनुपर्नेमा कारोबार वृद्धिका लागि शेयर सदस्यतासमेत नदिई कारोबार गरेको देखिन्छ । संस्थापक मात्र शेयर सदस्यको रुपमा रहेको र शेयर नै नलिई बनाइएका बचतकर्ता हजारौं रहेको सहकारीसमेत भेटिएका छन् । यसको अर्थ सदस्यकेन्द्रित कारोबारभन्दा बजारकेन्द्रित कारोबारले सहकारीलाई सहकारी बन्नबाट बञ्चित गरिरहेको उदाहरण सजिलै भेट्न सकिन्छ ।  

७) बैंकको ब्याजदर बृद्धि

राष्ट्र बैंकको मान्यता प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बजारमा तरलता अभाव हुनेवित्तिकै मासिक व्याजदर दिने गरी ब्याज वृद्धि भयो । सहकारीमा लगाइएको ब्याजको क्यापका कारण ब्याजकै लागि बचत रकम बाहिर निस्कन थाल्यो । सहकारीको तरलता एक्कासी घट्यो । सहकारीले बचत फिर्ता थाम्न सकेन । सहकारीले पैसा नदिने हल्ला चल्न थाल्यो । सहकारीका काउन्टरमा सदस्यले फिर्ता लिन लाइन बसेपछि कुनै पनि वित्तिय संस्थाले थाम्न सक्दैन । भित्री रुपमा केही सहकारीले व्यक्तिगत फाइदाका लागि संस्थाको प्रयोग भएको रकम समयमा नआउँदा एकपछि अर्को सहकारी डुबेको खबर आउँन थाल्यो । 

माथिका सबै विषय पुँजी संकलन र वितरणकै लागि बजारकेन्द्रित हुने की सदस्य केन्द्रित हुने भन्नेतर्फ बहस हो । यसको अर्थ सहकारीलाई पुँजीमैत्री बनाउने की, बजारमैत्री बनाउने वा सदस्यमैत्री यसमा छलफल गर्न पर्ने आवश्यकता नै छैन । किनकी सहकारीका लागि ७ सिद्धान्त आफैंमा यसको निर्देशक सिद्धान्त हुन् । 

अवको समयमा सहकारी क्षेत्रमा सदस्य केन्द्रित कारोबार हुन सकेमा सहकारीको अस्तित्वमा दाग लाग्दैन । कसैले नियमित बचत गर्दैन भने उसले ऋण पाउनुपर्छ भन्ने छैन । फेरी अर्को सन्दर्भ सहकारीमा सदस्यले राखेको साधारण बचत खातामा राखेको रकम फिर्ता पाउनु उसको अधिकार हो तर संकटको समयमा ऋण सुविधा हो । सुविधा अवस्था अनुसार लिनुपर्छ । दिनैपर्छ भन्ने बाध्यता होइन । सहकारीमार्फत सदस्यले प्राप्त गर्ने सुविधालाई निश्चित कसीमा राख्नु अनिवार्य छ । 

कतिपय सहकारीको प्रवृत्तिले आज समग्र सहकारी क्षेत्रलाई संकटमा पारेको छ । यो संकटको अल्पकालीन समाधानका लागि संस्था स्वयं, सदस्यहरु र नियमक निकायले अवस्थाअनुसार कदम चाल्नु आवश्यक छ । ऋणि सदस्यले लगेको ऋणको केही हिस्सा फिर्ता गर्न सकिएमा यो समस्या अल्पकालीन रुपमा समाधान हुन सक्दछ । पुरै सञ्चालक टिममध्ये केहीले गरेको बदमासीका कारण पुरै सहकारीको पहिचान धमिलिने गरेको सन्दर्भमा समस्या देखिन शुरु गरेको सहकारीका सञ्चालक सदस्यहरु चनाखो भई सहकारीका जिम्मेवार पदाधिकारी र कार्यकारीलाई जवाफदेही बनाउन ढिला भईसकेको छ । 

संकटको समयमा हरेक सञ्चालकले सहकारीको कारोबार जिम्मेवारी दिइएको कर्मचारीलाई पारदर्शिताका लागि कार्य गर्दै समन्वयात्मक सहयोग गनुपर्दछ भने सहकारीको लेखा सुपरिवेक्षण समितिको अधिकारको प्रयोग हुनु जरुरी छ । संस्थामा एकल वा दुइजनाको निर्णयका कारण ७० लाख भन्दा माथिका सदस्यहरुको बचत र शेयर संकटमा पर्नु भनेको यो क्षेत्रको आवश्यकतालाई संकटमा पार्नु हो त्यसैले अल्पकालिन रुपमा तरलता व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसमा सबैको ध्यान जानुपर्छ  । 

दीर्घकालिन रुपमा सहकारीको कारोबार बैंकिङ शैलीबाट पुनः सहकारी शैलीमा रुपान्तरण हुनु जरुरी छ । सहकारीमा मासिक बचतको महत्व वेग्लै छ । बचतका विभिन्न खातामध्ये उक्त नियमित मासिक खाताको प्रतिशत सबैभन्दा माथि हुनुपर्दछ । यसले सहकारीको स्थायित्वमा भूमिका खेल्छ । यसैगरी संस्थाको जगेडा कोष अन्य कोषहरु संस्थाको सबैभन्दा बलियो शक्ति हो । सोही कोषहरुको कारण संस्थाको स्थायित्व सहज हुन्छ । 

आजको समयमा सहकारीलाई बचाउन यसको सिद्धान्त प्रयोग हुनु अनिवार्य छ । सहकारीको प्रतिस्पर्धा आफैंसँग छ । स्वनियमको कार्यान्वयन कत्तिको भएको छ, सुशासनको अवस्था कस्तो छ, यसैले सहकारीको स्थायित्व देखाउँछ । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नु भनेको मूर्खता हो । बैंकले पूर्ण नाफा खोज्छ, त्यहाँ संवेदना छैन । सहकारी भनेको आवश्यकतालाई एकाकार गर्दै आर्थिक समृद्धिको बाटोमा हिडाउनु हो । 

त्यसैले सहकारीको विकल्प सहकारी नै हो र बैंकको विकल्प बैंक नै हो । सहकारीको विकल्प बैंक हुन सक्दैन र बैंकको विकल्प सहकारी कदापी हुन सक्दैन । यिनीहरुको आर्थिक प्रवृत्ति मिल्ला, तर सिद्धान्तको मिलन हुन सक्दैन र हुनुपनि हुदैन । सहकारीको बैंक बन्ने चाहनामा बैंकले ब्याजदर बढाइदिंदा ५ खर्ब आकारको सहकारीको कारोबारमा भुकम्प आयो । पैसा बैंकमा दौडिन थाल्यो । तासको घर झै सहकारीमा जोडिएका पैसा फिर्ता हुन थाले । सञ्चालकको भागाभाग हुन थाल्यो । सदस्यको विल्लिबाठ हुन थाल्यो । त्यसैले सहकारीको पुर्नसंरचना हुन जरुरी छ । 

सहकारीले बैंकको ब्याजका कारण आफ्नो बचत गुमाउनुपर्ने अवस्था आउनु भनेकै सहकारीमा थोरै व्यक्तिको धेरै रकम जम्मा हुनु मुख्य कारण हो । ब्याज आम्दानीलाई मुख्य आयस्रोत मान्ने सदस्यको  लागि जहाँ ब्याज बढी आउँछ त्यहा लानु उसको बाध्यता हो । यदि बचतको सानो हिस्सा मात्रै जतिबेला पनि निस्कने खातामा रहेको भए हालको तरलता समस्या हुदैनथ्यो । यतिबेला बैंकमा पैसा फालाफाल छ । एक समय ९२ रहेको सि.डि. रेसियो घटेर करिब ८१ मा झरेको छ । संकटका कारण बैंकको ब्याज घट्दा पनि सहकारीमा तरल पुँजीको अभाव छ ।  सदस्यहरुमा आफ्नो बचत के हुने भन्ने डर छ । त्यसैले दीर्घकालिन रुपमा सहकारीले आयतन मात्र बढाउने भन्दा पनि आयतन र सहकारीगत व्यवस्थापन दुवैमा ध्यान दिनु अपरिहार्य भइसकेको छ । 

लेखक बडिखेल बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । 

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप