सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय

काठमाडौं । नेपाल सरकारद्वारा मिति २०८३ वैशाख १७ गते जारी गरिएको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश ले सहकारी संघहरूको कारोबारमा पार्ने दूरगामी प्रभावबारे बागमती प्रदेश संघका प्रतिनिधिहरूसहित नेफ्स्कूनको केन्द्रीय कार्यालयमा वैशाख २५ गते बृहत् छलफल सम्पन्न भएको छ ।

संघहरूको बचत तथा ऋण कारोबारसम्बन्धी व्यवस्थाले पार्न सक्ने प्रभावका विषयमा यसअघि वैशाख २२ गते संघका महासचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले आजको छलफलमा साझा धारणा तयार गर्दै सहकारी संघहरूले बचत तथा ऋण कारोबार गर्न नपाउने तथा हाल सञ्चालनमा रहेका यस्ता कारोबार तीन वर्षभित्र बन्द गर्नुपर्ने अध्यादेशको व्यवस्था प्रति गम्भीर चासो व्यक्त गरेको छ ।

छलफलबाट उक्त व्यवस्थालाई संशोधन गरी संघहरुले पनि वित्तीय कारोबार गर्न पाउनुपर्ने  जसको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आवश्यक मापदण्ड तयार गर्ने तथा सोही मापदण्डका आधारमा संघहरूको कारोबार व्यवस्थापन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरिएको  छ ।

छलफलमा सहकारी संघहरूको वर्तमान परिदृश्य, अध्यादेशको व्यवस्थाले सहकारी अभियानमा पार्ने प्रभाव र सुधारका लागि तीन महले ढाचा समेटेर संशोधन प्रस्ताव तयार गर्ने निर्णय बैठकले गरेको हो ।

छलफलमा संघका महासचिव घनश्याम अधिकारी, बागमती प्रदेश संघका अध्यक्ष उद्धव सापकोटा, ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं, संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, बागमती प्रदेश संघका प्रमुख कार्यकारी अधिकृत केशव दाहाल, भक्तपुर जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजु लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप