नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

धादिङ । बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने उद्देश्यले नेफ्स्कूनको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला वैशाख २५ गते सम्पन्न भएको छ ।

नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत नवौं क्लस्टर (पहिलो) को दोस्रो चरणका रूपमा आयोजना गरिएको उक्त कार्यशालामा गोरखा र धादिङ जिल्लास्थित साकोसका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालामा सहभागीहरूले सहकारी संस्थामा देखिन सक्ने सम्भावित जोखिमहरूको पहिचान, न्यूनीकरणका उपाय तथा दिगो व्यवस्थापन प्रणालीबारे विस्तृत रूपमा छलफल गरेका थिए ।

कार्यशालामा विशेषगरी स्क्यान कार्यक्रमका सूचकहरूबारे गहन समीक्षा भएको थियो । सहभागीहरूबीच ऋण व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उपाय, सदस्यहरूको बचत सुरक्षाको अवस्था, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा अनुभव आदानप्रदान गरिएको थियो ।

सहकारी संघ तथा नियामक निकायमा नियमित रूपमा पेश गर्नुपर्ने विवरण, प्रतिवेदन तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो । तरलता व्यवस्थापन योजना, सम्भावित वित्तीय संकटबाट बच्ने रणनीति, संस्थागत स्थायित्व कायम गर्ने उपाय तथा सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने विषयमा समेत सहभागीहरूबीच सामूहिक प्रतिबद्धता व्यक्त भएको थियो ।

सहकारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन यस्ता क्षमता अभिवृद्धि मूलक कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए, सहभागीहरूले सिकाइ तथा अनुभवलाई आफ्ना संस्थाहरूमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यशालाको सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र अधिकृत सन्दिप राज ढकालले गर्नुभएको थियो । सहजीकरणका क्रममा सहकारी संस्थाहरूको वर्तमान अवस्था, जोखिम व्यवस्थापनको आवश्यकता, संस्थागत सुशासन तथा दीर्घकालीन स्थायित्वका लागि अपनाउनुपर्ने व्यावहारिक उपायहरूबारे प्रशिक्षणमूलक प्रस्तुति दिनुभएको थियो ।

कार्यशालाले सहभागी साकोसहरूबीच अनुभव आदानप्रदान, सहकार्य अभिवृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धी साझा बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप