सम्पत्ति शुद्धिकरण निवारण, सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धिकरण निवारण, सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

निजगढ । सहकारी संस्थाहरूको संस्थागत सुशासन, पारदर्शिता तथा कानुनी परिपालनालाई सुदृढ बनाउने उद्देश्यले निजगढ नगरपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागितामा गो.ए.एम.एल सम्बन्धी अनुशिक्षण वैशाख २४ र “सहकारी कानुनी परिपालना सम्बन्धी अनुशिक्षण कार्यक्रम” वैशाख २५ गते सम्पन्न भएको छ ।

नेफ्स्कून र निजगढ नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रमले सहकारी क्षेत्रलाई प्रचलित सहकारी ऐन, नियमावली तथा नियामकीय व्यवस्थाप्रति थप उत्तरदायी र सचेत बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सरथ पुरी, प्रमुख कार्यकारी अधिकृत सुर्य प्रसाद गौतम नेफ्स्कून सञ्चालक सदस्य शोभा कुमारी राउत, लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक तथा कर्मचारीहरूको  उपस्थिति रहेको थियो । ५१ जना सहभागी रहेको कार्यक्रममा सहकारी सञ्चालनसँग सम्बन्धित कानुनी तथा व्यवस्थापकीय विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई वित्तीय कारोबारमा पारदर्शिता कायम गर्ने, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी प्रावधान, शंकास्पद कारोबार पहिचान गर्ने तरिका, जोखिम न्यूनीकरण तथा सहकारी संस्थाले अपनाउनुपर्ने आवश्यक सतर्कताबारे जानकारी प्रदान गरिएको थियो।

वैशाख २४ र २५ गते अनुशिक्षणको प्रशिक्षण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहाल र अधिकृत शौभाग्य भट्टराई ले सहकारी संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी व्यवस्था, संस्थागत सुशासन, अभिलेख व्यवस्थापन, वार्षिक साधारण सभा सञ्चालन, वित्तीय अनुशासन तथा नियामकीय निर्देशनबारे विस्तृत सहजीकरण गर्नुभएको थियो  । 

अनुशिक्षणका क्रममा सहभागीहरूले सहकारी सञ्चालनमा भोग्नुपरेका कानुनी तथा व्यवस्थापकीय समस्याबारे जिज्ञासा राखेका थिए । प्रशिक्षक दाहालले सहभागीका प्रश्नहरूको व्यवहारिक र प्रभावकारी ढंगले समाधान प्रस्तुत गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि, कानुनी सचेतना तथा संस्थागत सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालय प्रमुख दिपेन्द्र साहले गरेका थिए । कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने अतिथि, प्रशिक्षक, सहभागी तथा व्यवस्थापन टोलीप्रति आयोजक पक्षले धन्यवाद ज्ञापन गरेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप