शुभकामना साकोसको चार वर्षीय रणनीतिक व्यवसायिक योजना निर्माण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शुभकामना साकोसको चार वर्षीय रणनीतिक व्यवसायिक योजना निर्माण

भक्तपुर । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को चार वर्षीय रणनीतिक व्यावसायिक योजना निर्माण सम्पन्न भएको छ । असार २९ गते भक्तपुरमा सम्पन्न चार वर्षीय रणनीतिक व्यवसायिक योजना निर्माण र नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न विस्तारित मञ्चको आयोजना गरिएको थियो । 

कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु लगायत अन्य उपसमितिका पदाधिकारीहरु, सदस्यहरु र कर्मचारीहरुको सहभागितामा रहेको थियो ।
 
साकोसका निवर्तमान अध्यक्ष न्हुछें कुमार त्वायनाले स्वागत मन्तव्य व्यक्त गर्दै आजभन्दा २३ बर्ष अघि स्थानीय जनताहरुबाट बचत संकलन गरी उनीहरुलाई उचित प्रतिफल दिने र सुरक्षित लगानी गर्ने सोचका साथ  रु.७ लाख ५० हजारबाट शुरु भएको संस्थाले २०८० असार सम्ममा रु.१ अर्ब २७ करोडको कारोबार गरीरहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले आगामी २०८३।०८४ सम्मको चार वर्षीय रणनीतिक व्यवसायिक योजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा भावी नीति तथा कार्यक्रमहरु बारे व्यापक छलफल गरी प्राप्त सुझावहरुलाई आगामी योजनामा समावेश गर्ने जानकारी दिँदै संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले वर्तमान समयमा सहकारीमा देखा परेका चुनौतिहरुका बावजुद यसको सामना गर्दै शुभकामना सहकारीले आफ्नो छुट्टै स्थान बनाउन सफल रहेको यसलाई अझ सबल र सृदुढ बनाई अगाडि बढाउनका लागि सञ्चालक समिति, कर्मचारीहरु लगायत उपसमिति र सदस्यहरु सबैको साथ सहभागिता र समन्वय आवश्यक रहेको बताउनुभयो ।

संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले सहकारीका सदस्यहरुलाई निरन्तर सहकारी शिक्षाको आवश्यकता रहेको बताउँदै आगामी आर्थिक वर्षमा १ सदस्य बराबर ६ सदस्य सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना साकोसको रहेको बताउनुभयो । 

कार्यक्रम संस्थाका उपाध्यक्ष निर्मला सुवालले सञ्चालन गर्नुभएको थियो भने सचिव पुष्पलाल तिमिलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप