दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

दोलखा । बैतेश्वर गाउँपालिका वडा नं. ५, मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) द्धारा सञ्चालन भईरहेको व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी अभिमुखिकरण वैशाख ०४ गते सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष माधव प्रसाद दाहालको अध्यक्षतामा सञ्चालक समिती, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष दाहालले कार्यक्रमबारे आफ्नो धारणा राख्दै व्यवसाय विकास सेवा कार्यक्रम संस्थाका सदस्यहरुको आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नलाई निर्विकल्प कार्यक्रमको रुपमा रहेको बताउनुभयो । 

कार्यक्रमलाई प्रभावकारी निरन्तरता दिन सके मात्र साकोसका सदस्यहरूको आर्थिक स्तरलाई थप वृद्धि, सदस्य सेवा विस्तारित र स्वरोजगार सृजनामा समेत टेवा पुग्ने सन्दर्भमा साकोसका व्यवस्थापक भेषबहादुर मिजारले थप प्रष्ट पार्नुभएको थियो । व्यवसाय विकास सेवा कार्यक्रमको विषयमा समितिका सदस्य र सहभागी कर्मचारीहरुले विभिन्न जिज्ञासाहरु समेत राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप