भक्तपुर स्थित चन्द्र सुर्य साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित चन्द्र सुर्य साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले पर्वद्धन गरेको स्क्यान कार्यक्रममा मध्यपुर थिमी– ५, स्थित चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था लि. बैशाख ९ गते आबद्ध भएको छ ।

सम्झौतामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र चन्द्र सुर्य साकोसका अध्यक्ष इन्द्र कुमार श्रेष्ठको उपस्थितिमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, अनुगमन सहजकर्ता राजेश सापकोटा र चन्द्र सुर्य साकोसका व्यवस्थापक शिशिर पोखरेलको रोहवरमा सम्झौता सम्पन्न भएको थियो ।

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा  प्रदान गरिएको कानूनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाएको छ । सहकारीलाई थप ब्यवस्थित बनाउन नियमनकारी निकायहरुद्धारा दिईएका निर्देशिका अनुरुप साकोसले परिपालना गर्नुपर्ने निति नियमको पालनाको अवस्थाको बिश्लेषण गर्ने कार्य गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

सम्झौता मार्फत विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी वित्त क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रवद्र्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । साथै सहकारी मर्म अनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य रहेको छ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रबर्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउन कार्यक्रम लागू गरिएको हो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप