ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

काठमाडौं, कलंकी — सहकारी संस्थाहरूमा ऋण असुली तथा धितो लिलामी प्रक्रियालाई कानुनी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित दुईदिने “ऋण असुली तथा धितो लिलामी आन्तरिक कार्यविधि निर्माण” तालिम वैशाख २५ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.  (नेफ्स्कून) कलंकी सदस्य सेवा कार्यालयद्वारा आयोजित तालिम वैशाख २४ र २५ गते काठमाडौंको कलंकीमा सञ्चालन गरिएको थियो । तालिममा २४ सहकारी संस्थाबाट सञ्चालक समिति, ऋण उपसमिति, व्यवस्थापक, ऋण अधिकृत तथा कर्मचारीसहित ३५ जनाको सहभागिता रहेको थियो ।

ऋण असुली व्यवस्थापन, जोखिम न्यूनीकरण, धितो लिलामीको कानुनी प्रक्रिया तथा आन्तरिक कार्यविधि निर्माणसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो । सहकारी क्षेत्रको वित्तीय अनुशासन सुदृढ गर्न स्पष्ट कार्यविधिको आवश्यकता रहेकोमा सहभागीहरूले जोड दिएका थिए । 

कार्यक्रमको उद्घाटन सत्रमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सहकारी संस्थामा बढ्दो कर्जा जोखिम नियन्त्रणका लागि कानुनी आधारसहितको कार्यप्रणाली अपरिहार्य भएको धारणा व्यक्त गर्नु भएको थियो । संस्थाको वैधता र विश्वसनीयताबाट नै बचत जम्मा हुने तथा संस्थामा समस्या आउनुको मुख्य कारण ऋण व्यवस्थापन हुने भएकाले सदस्यहरूको मन जित्दै सही प्रक्रिया अपनाएर ऋण लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । ऋणमा काम गर्ने कर्मचारी तथा ऋण संयोजक चुस्त, कडा र डकुमेन्टेसनमा विशेष ध्यान दिने खालका हुनुपर्ने, आफ्नै सदस्य भनेर आवश्यक कडाइ नगरी ऋण लगानी गर्दा संस्थामा समस्या उत्पन्न हुन सक्ने धारणा व्यक्त गर्नुभएको थियो ।

तालिमको सहजीकरण संघका प्राचार्य बल्लभ तिमिल्सिनाले ऋण असुली व्यवस्थापनसम्बन्धी विषयमा सहजीकरण गर्नु भएको थियो भने दोस्रो दिन कानुनी सल्लाहकार शिव अधिकारीले धितो लिलामी प्रक्रियाका कानुनी पक्षबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन कलंकी सदस्य सेवा कार्यालयका इन्चार्ज मनोज कार्कि,व्यवस्थापनतर्फ शम्भु प्रसाद घिमिरे र दिपेश अधिकारीले सहजीकरण भूमिका निर्वाह गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप