हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय चावहिल अन्तर्गत सञ्चालनमा रहेको जय अजिमा बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा वैशाख २४ गते आबद्ध भएको छ । 

संस्थाको आन्तरिक तथा बाह्य जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने, सदस्य संरक्षण तथा हेरचाहलाई प्रभावकारी बनाउने तथा नियामकीय व्यवस्थामा भएका परिवर्तनअनुसार संस्थागत प्रणाली तथा कार्यविधिहरू अद्यावधिक गर्ने उद्देश्यले संस्था स्क्यान कार्यक्रममा आबद्ध भएको हो ।

नेफ्स्कूनद्वारा सदस्य संस्थाहरूको आन्तरिक तथा बाह्य जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने, सुशासन प्रवर्द्धन गर्ने तथा सुरक्षित र व्यवसायिक संस्था निर्माणमा सहयोग गर्ने उद्देश्यले नियमित निरीक्षण तथा अनुगमन ९स्क्यान० कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसै कार्यक्रम अन्तर्गत सुपरिवेक्षणका साथै पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) मा आबद्धताका लागि नेफ्स्कून र जय अजिमा साकोसबिच सम्झौता सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थाका व्यवस्थापक पुरुषोत्तम कुमार थापाले स्क्यानका सूचकहरूका आधारमा नियामकीय प्रतिवेदन, कानुनी जोखिम, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका क्षेत्रमा आवश्यक सुपरिवेक्षण हुने बताउनुभयो । प्रोवेसन कार्यक्रम अन्तर्गत रहेका ५० सूचकमा सुधारका अभ्यासमार्फत संस्थाको व्यवसायिकता तथा स्तरवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यसैगरी, संस्थाका सचिव गणेश श्रेष्ठ र  अध्यक्ष सुनिल कुमार कर्माचार्यले स्तरीकरण कार्यक्रममा आबद्ध भई संस्थाको सुशासन कायम गर्न, वित्तीय सूचक सुधार गर्न, नियामकीय व्यवस्थाअनुसार आन्तरिक कार्यविधिहरू अद्यावधिक गर्न तथा नवीनतम अभ्यासहरू कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै सदस्यहरूको विश्वास अभिवृद्धि र संरक्षणका लागि संघबाट निरन्तर मार्गदर्शन प्राप्त हुने अपेक्षा रहेको बताउनुभयो ।

स्क्यान सम्झौतामा नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली र दीपक अर्याल तथा संस्थाका व्यवस्थापक पुरुषोत्तम कुमार थापा, सचिव गणेश श्रेष्ठ लगायत व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा सम्झौता भएको थियो । 

सम्झौतामा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल तथा संस्थाका अध्यक्ष सुनिल कुमार कर्माचार्यले हस्ताक्षर गर्नुभएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप